विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४३ करोड नाघ्यो, थप १० हजारको मृत्यु



Download our app to get more features

एजेन्सी, १२ फागुन । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४३ करोड नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्य्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १८ लाख ३९ हजार ३ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै जर्मनीमा २ लाख १९ हजार ८ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने रुसमा १ लाख ३७ हजार ६ सय ४२ र ब्राजीलमा १ लाख ३३ हजार ६ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४३ करोड १ लाख १२ हजार २ सय ८१ पुगेको छ । 

पछिल्लो समय भारत, अमेरिका, बेलायत लगायतका मुलुकमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या घट्न थालेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमित मध्य थप १० हजार ५ सय ५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २ हजार ४ सय ४०, ब्राजीलमा ९ सय ५६, रुसमा ७ सय ८५ र मेक्सिकोमा ७ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५९ लाख ३६ हजार ४ सय २४ पुगेको छ ।

यस्तै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३५ करोड ८५ लाख १७ हजार ३ सय ५० पुगेको छ । 

Last modified on 2022-02-24 16:59:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts