कोलोन ट्युमरको उपचार पछि अस्पतालबाट डिस्चार्ज भए पेले



Download our app to get more features

एजेन्सी, १७ फागुन । विश्व प्रसिद्ध फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका पेले सोमवार डिस्चार्ज भएर घर फर्केका हुन् ।

८१ वर्षीय पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा गत फेबु्रअरी १३ मा भर्ना भएका थिए ।

तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेलेको गत वर्षको सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।

पछिल्ला वर्षहरूमा पेलेको स्वास्थ्य अवस्था चिन्ताको विषय बनेको छ ।

सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो भने सन् २०१९ मा पिसावमा सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts