बेलायत र स्पेनको कोरोना सङ्क्रमणदर शून्यमा, विश्वभर नयाँ सङ्क्रमित थपिने सङ्ख्या घट्यो



Download our app to get more features

एजेन्सी, १६ फागुन । विश्वभर कोरोना भाइरसका कारण नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या ११ लाखमा झरेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार कोरोना महामारीको तेस्रो चरणको लहरको क्रममा झन्डै ३६ लाखसम्म नयाँ सङ्क्रमित थपिने गरेकोमा त्यो सङ्ख्या ११ लाखमा झरेको छ । 

पछिल्लो समय भारत, अमेरिका, ब्राजिल, जर्मनी लगायतका मुलुकमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या घट्न थालेको छ भने बेलायत, स्पेन, युक्रेन, बेल्जियम लगायतका मुलुकमा सङ्क्रमणदर शून्यमा झरेको छ । तर, रुसमा भने कोरोना सङ्क्रमित थपिने र मृत्यु हुनेदर  उकालो लाग्ने क्रम जारी छ । 

कोरोनाको तेस्रो चरणको लरहका कारण सुरुमा सबैभन्दा बढी प्रभावित बनेको बेलायतमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या शून्यमा झरेको छ भने मृत्युदर पनि शून्यमा झरेको छ । 

गत २४ घन्टामा विश्वभर ११ लाख १ हजार ९० नयाँ सङ्क्रमित थपिएका छन् भने ४ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै दक्षिण कोरियामा १ लाख ६३ हजार ५ सय ५८, रुसमा १ लाख १६ हजार ९३, जर्मनीमा ९५ हजार २ सय ४१, भियतनाममा ८६ हजार ९ सय ९० र जापानमा ६९ हजार ६ सय ६१ ज्ना नयाँ सङ्क्रमित थपिएका छन् । 

योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४३ करोड ५९ लाख ८४ हजार ५ सय ६७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा रुसमा सबैभन्दा धेरै ७ सय ६९, टर्कीमा २ सय ६, ब्राजिलमा २ सय ६, इरानमा २ सय ४१, जापानमा २ सय ५९, मेक्सिकोमा ३ सय ३१, इन्डोनेशियामा २ सय २९,अमेरिकामा १ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५९ लाख ६७ हजार ९ सय ८६ पुगेको छ । 

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ३६ करोड ६३ लाख २७ हजार ९ सय २२ जना स्वस्थ भएका छन् ।

Last modified on 2022-03-01 07:06:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts