गर्मीका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राखी भारतमा नयाँ एडभाइजरी जारी



Download our app to get more features

एजेन्सी, १९ वैशाख । भारत सरकारले बढ्दो गर्मीका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राखी नयाँ एडभाइजरी जारी गरेको छ । 

भारतमा सन् १९०१ पछि सन् २०२२ को मार्च महिना सबैभन्दा बढी तापमान भएको महिना परेको थियो । अहिले पनि भारतका विभिन्न राज्यमा अत्यधिक गर्मी बढेको हुँदा केन्द्रीय स्वास्थ्य मन्त्रालयले बढ्दो तापमान र लु लाई लिएर सबै राज्यको प्रमुख सचिवका लागि एडभाइजरी जारी गरेको हो ।

भारतीय मौसम विभाग र राष्ट्रीय रोग नियन्त्रण केन्द्रले प्रत्येक दिन तापक्रम र लुलाई लिएर चेतावनी दिँदै आएको र आउने ३÷४ दिन तापक्रम थप बढ्न सक्ने भएकाले आवश्यक सतर्कता र सावधानी अपनाउन निर्देशन दिएको छ । 

गर्मीसँग सम्बन्धित रोगमाथि काम गर्न र योजना बनाउन तथा आवश्यक मापदण्ड निर्धारण पनि केन्द्र सरकारले भनेको छ ।
 
एडभाइजरीमा स्वास्थ्य केन्द्रहरूलाई तयारी अवस्थामा रहन र पर्याप्त मात्रामा आईभी फ्लूड, आईस प्याक र ओआरएस जस्ता आवश्यक सामग्री भएको सुनिश्चित गर्न भनिएको छ ।

Last modified on 2022-05-02 15:58:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts