साऊदी अरबका किङ्ग सलमान अस्पताल भर्ना



Download our app to get more features

बीबीसी, २६ वैशाख । साऊदी अरबका किङ्ग सलमानलाई अस्पताल भर्ना गरिएको छ । साऊदी अरबको सरकारी समाचार संस्थाका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । 

२०१५ मा किङ्ग बनेका सलमानको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिँदै छ । तर, उनको स्वास्थ्य अवस्थाबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन । उनलाई जेद्दाहको किङ्ग फÞैसल स्पेशलिस्ट हस्पिटलमा भर्ना गरिएको बताइएको छ ।

साऊदी सरकारले जारी गरेको जानकारीमा मेडिकल टेस्टका लागि सलमानलाई अस्पताल भर्ना गरिएको भनेर उल्लेख छ ।
 
यसअघि, ८६ वर्षीय सलमानको २०२० मा गलब्लाडरको शल्यक्रिया गरिएको थियो ।

हालै मात्रै गत मार्चमा उनी अस्पताल भर्ना भएका थिए । त्यतिबेला पनि उनको बारेमा कुनै जानकारी दिइएको थिएन । तर, उनको पेसमेकरको ब्याट्री फेरिएको भनेर  जानकारी दिइएको थियो ।

Last modified on 2022-05-09 17:03:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts