प्रि मनसुनमा स्वस्थ रहन खानुस यी ३ फल...



Download our app to get more features

नेपालमा प्रि मनसुन भित्रि सकेको छ । मनसुन सुरु हुन अघि नै देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पनि पानी परेको बेला चिसो र घाम लागेपछि अत्यधिक गर्मी हुने खालको छ । वर्षातको मौसम र मनसुन भित्रिनै लाग्दा स्वास्थ्यको ख्याल भने विशेष गरी राख्नुपर्छ । खाना र पानीको प्रदुषणका कारण विभिन्न रोगब्याधीहरू फैलिने गर्छन् । त्यतिमात्र होइन वर्षाको पानीमा भिज्दा समेत चिसो, रुघाखोकी देखि लिएर फङ्गल सङ्क्रमणदेखि लिएर विभिन्न छालासम्बन्धी रोग लाग्ने जोखिम हुन्छ । 

पानी पर्ने मौसम सुरु हुनासाथ भाइरल, सर्दी र फ्लू जस्ता सङ्क्रामक रोगहरूले चाँडै नै आक्रमण गर्ने गर्छ । यस अवस्थामा जरुरी हुन्छ कि हामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ र सँधै यस्तो खाना खानुपर्छ जसले हाम्रो रोग प्रतिरक्षा बलियो होस् । 

मनसुनमा हामीले मौसमी फल खाने गर्छौ र अरुलाई पनि सल्लाह दिने गर्छौ । मौसमी फलहरुमा केही यस्ता तत्वहरू पाइन्छ जसले चलिरहेको मौसममा रोगहरू लाग्नबाट सुरक्षा प्रदान गर्छ । जानौ केही यस्ता फलका बारेमा जसको सेवनले मनसुनमा तपाईँ आफूलाई सँधै स्वस्थ राख्न सक्नु हुनेछ । 

भुईकटहर
भुईकटहर अहिलेको मौसममा बजारमा जताजतै देख्न सकिन्छ । स्वादको लागि भन्दा पनि स्वास्थ्यको लागि यसको सेवन गर्नु राम्रो हो । यसमा पोटाशियम, सोडियम, भिटामिन ए, डी, सी, भिटामिन बी ६, भिटामिन बी १२, म्याग्नेशियम, आइरन, क्याल्सेयिम जस्ता तत्वहरु पाइन्छ । जसले तपाईँलाई क्यान्सर, मधुमेह, रक्तचाप, अस्थमा, छाला सम्बन्धी समस्याबाट जोगाउनमा मद्दत गर्छ ।

केरा 
बजारमा केरा सजिलै पाउन थालेको छ । हुन त सबै मौसममा पाइने केरामा विभिन्न स्वस्थवद्र्धक गुणहरू हुन्छन् । केरामा पाईने पोटाशियम, म्याग्नेशियम, भिटामीन सी, फाइबरले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा हुन्छ । अहिलेको समयमा दैनिक एउटा केरा सेवन गर्नाले रगत सफा गर्ने, किड्नी सम्बन्धीत रोगबाट जोगाउने, तौल कम गर्ने जस्ता फाइदा हुन्छ ।

अनार
अनारमा पर्याप्त मात्रामा फाइबर, भिटमिन सी र भिटमिन के पाइन्छ । यसमा पाइने ऐन्टी–अक्सीडेन्टले मनसुनमा हुने छाला सम्बन्धी रोगहरूबाट सुरक्षित राख्नमा मद्दत गर्छ ।
 

Last modified on 2022-05-12 09:52:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts