शिशुमा यी समस्या देखिए अप्रेशन गरिहाल्नुपर्छ : डा.चौधरी



Download our app to get more features

नवजात शिशुदेखि १८ वर्ष नपुगेसम्म वा वयस्क भइनसकेकाहरूमा गरिने अप्रेशनलाई बाल शल्यचिकित्सा भनिन्छ ।

यो अवस्थामा कस्ता कस्ता अप्रेशन गरिन्छ, अप्रेशन गर्ने कुन उमेर उपयुक्त हो लगायत विषयमा वरिष्ठ बाल शल्यचिकित्सक आरपी चौधरीले आफ्ना कार्य अनुभव हाम्रो डक्टरमार्फत पस्केका छन् । जानौं डा. चौधरीका सुझाव :–

आमाको गर्भमा हुँदा देखिने समस्या:

आमाको पेटमै हुँदा मिर्गौलामा पानी जम्नु, मिर्गौला सुन्निनु ।

पेटको आन्द्रा छातीभित्र गएको हुनु ।

खानानली र श्वासनली जोडिएको वा खानानलीमा प्वाल नहुनु ।

टाउकोमा पानी जम्ने  ।

नाइटोबाट आन्द्रा बाहिर निस्कनु  ।

खुट्टा सानो वा ठुलो हुनु ।

ढाडमा डल्ला आउने  ।

बच्चा जन्मेपछि हुने समस्या  :

बच्चा जन्मेको २४ घण्टाभित्र दिसा नगर्नु ।

दिसा गर्ने प्वाल नहुनु ।

आन्द्रामा नशाको कमी हुनु ।

आमाको पहिलो दुध खुवाउँदा सर्किनु ।

पेट फुल्दै गएमा आन्द्रा बटारिन हुन्छ ।

अलि ठुलो बच्चामा एपेन्डिसाइड, इटुससेप्सन, जस्ता समस्या हुन्छ ।

ट्यूमरकोका समस्या । 

लिङग सानो हुनु ।

जन्मने बितिकै छोरा हो या छाेरी छुट्याउन नसकिने ।

लक्षणमा 

जन्मनु भन्दा पहिला पनि पत्ता लाग्छ ।

बच्चाले दिसा गर्ने प्वालको पछाडीको भागमा एउटा डल्लो आमाको गर्भावस्थादेखि नै देखिन्छ ।

समाधान :

एपेन्डीसाइडमा पेट दुख्ने वान्ता हुने, खान नखोज्ने नाइटो थिच्दा दुख्ने हुन्छ ।

समयमा उपचार गरेन भने फुट्ने सम्भावना भएकाले सर्जरी गर्नुपर्छ ।

पिसाब फेर्ने प्वाल सही स्थानमा नभए पनि उपचार गराइहाल्नुपर्छ ।

मिर्गौलामा १ देखि ४ वर्षभित्र शरीरमा तेल लगाउँदा  डल्ला डुल्ली आएमा एउटा अल्ट्रासाउन गरेमा पता लाग्छ र समयमा सर्जरी गर्न सकिन्छ ।

बच्चा बाच्न पनि सक्छ ।

एक वर्ष धन्दा कम उमेरका बच्चामा पेटको पछाडि वा छातीमा पनि आउन सक्छ ।

यसलाई समयमा सर्जरी गरेर चिकित्सकको सल्लाह अनुसार औषधि खाएमा निको हुन्छ  । 

 

Last modified on 2022-05-24 11:18:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts