शरीरका यी अङ्गबाट रगत चुहिन्छ ? जानौं कारण



Download our app to get more features

मुख, खानानली, पेट, सानो आन्द्रा, ठुलो आन्द्रा अथवा दिसा गर्ने ठाउँको कुनै भागबाट रगत चुहियो भने त्यसलाई जीआई ब्लिडिङ भनिन्छ । 

त्यसलाई हामीले दुई भागमा बाड्न सक्छौं । अपर जीआई ब्लिडिङ र लोअर जीआई ब्लिडिङ । अपर जीआई ब्लिडिङ मुख, खानानली, पेट र सानो आन्द्राको माथिल्लो भागबाट रगत चुहियो भने त्यसलाई अपर जीआई ब्लिडिङ भनिन्छ । 

यसका कारणहरू धेरै हुन् सक्छन् । जस्तै पेट खानानली सानो आन्द्रामा घाउ हुँदा, कुनै कडा औषधि सेवन गर्दा यो देखिन सक्छ । अर्को क्यान्सरहरू हुँदा पनि यो देखिन्छ । खानानलीको क्यान्सर, पेटको क्यान्सर र सानो आन्द्राको क्यान्सरहरूमा पनि यो देखिन सक्दछ । 

अपर जीआई ब्लिडिङ अर्को मुख्य कारण भनेको कलेजो खराब भइसकेको अवस्था हो । अपर जीआई ब्लिडिङ धेरै जस्तो मुखबाट नै वान्ता हुन्छ । वान्ताको रङ्ग धेरै जस्तो रातो नी हुन् सक्छ भने खैरो पनि हुन सक्छ । 

लोअर जीआई ब्लिडिङ भन्नाले दिसा गर्ने ठाउँबाट रगत अथवा कालो दिसा आउनु बुझिन्छ । यो सानो आन्द्रा अथवा ठुलो आन्द्राबाट रगत चुहिएमा कालो दिसा देखिने गर्दछ । 

लोअर जीआई ब्ल्डिङ्गका कारणहरूमा एउटा पायल्स हो । त्यो बाहेक आन्द्राहरूको क्यान्सर हुने, आन्द्राहरूमा घाउँ हुने गर्दछ । 

जीआई ब्लिडिङ भएमा अथवा दिसा वा मुखबाट रगत देखिएमा तुरुन्त चिकित्सककोमा जाने । यस्तोमा चिकित्सकहरूले इन्डोस्कोपी अथवा मुखबाट पाइप हालेर वा दिसा गर्ने ठाउँबाट पाइप हालेर हेर्ने गरिन्छ । 

यो विधिबाट सिधै भित्र कुनै घाउ भएमा अथवा रगत चुहिरहेको छ,कुनै क्यान्सर भएको छ भने त्यहिअनुरुप त्यसको उपचार गर्न मिल्छ । 

हामीले मुख अथवा दिसा गर्ने ठाउँबाट रगत गयो भने पेट सम्बन्धी चिकित्सकलाई तुरुन्त देखाउन जाने गर्नुपर्दछ ।

Last modified on 2022-06-03 15:14:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts