मैदाले बनेका परिकार खानबाट किन जोगिनुपर्छ ? जानौं



Download our app to get more features

हामीले दैनिक जीवनमा विभिन्न प्रकारका खाने कुराको सेवन गर्ने गरेका छौं । जसमा मैदाले बनेका परिकारहरु पनि पर्छन । पिठोको रिफाइन्ड रुपलाई मैदा भनिन्छ । मैदा बनाउनका लागि पिठोलाई कैयौं पटक मसिनो गरी पिँध्ने गरिन्छ । मैदाको प्रयोग पाउरोेटी, कुकिज, पिज्जाको बेस, मोमो, चाउमिन जस्ता विभिन्न परिकार बनाउनमा गरिन्छ । मैदाले बनेका परिकार खानमापनि निकै स्वादिलो हुन्छ । तर, मैदाले बनेका परिकारको सेवन तपाईंको स्वास्थ्यका लागि भने हानीकारक हुन्छ ।

एक अध्ययनका अनुसार औसत अमेरिकी मानिसहरु मैदाको सेवन गर्ने गर्छन् । मैदा शरीरका लागि निकै नै खतरनाक हुन्छ । पिठोलाई पिनेर राम्रो गुणस्तरको मैदा बजारमा पाइएपनि यसको सबै पोषक तत्त्व नष्ट भइसकेको हुन्छ । जबकी गहुँलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ त्यहि मैदालाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

अमेरिकाको बोस्टनमा बच्चाको अस्पताल न्यू ब्यालेन्स फाउण्डेशन मोटोपना नियन्त्रण केन्द्रका निर्देशक प्राध्यापक डाक्टर डेविड लुडविगका अनुसार,  अमेरिकाका मानिसहरुले प्रायःजसो ट्रान्स फ्याटको सेवन गर्छन् । जसमा रिफाइन्ड कार्वोहाइड्रेट, रिफाइन्ड पोडक्टस् हुन्छ । यी सबै डाइटमा अमेरिकन डाइटमा सबैभन्दा बढी नराम्रो असर पर्छ । 

मैदाको सेवनले स्वास्थ्यमा कस्ता नकारात्मक प्रभाव पर्छ ? जानौं

शरीरमा एसिड–अल्काइन असन्तुलन बनाउँछः शरीरको स्वस्थ पीएच स्तर ७ दशमलव ४ हुन्छ । डाइटमा एसिडिक खाद्य पदार्थको अधिक मात्रामा प्रयोग हुँदा शरीरमा क्याल्सियमको कमी हुन जान्छ । यसले हड्डिलाई कमजोर हुन्छ । अन्नलाई एसिडिक फूड मानिन्छ । अध्ययनका अनुसार खानामा मैदाको बढी प्रयोग हुनाले हड्डिलाई नोक्सान हुने हुन्छ । साथै एसिडिक डाइटले रोग प्रतिरोधात्मक प्रणालीलाई पनि कमजोर बनाउँछ । जसले शरीर रोगको चपेटामा आउने गर्छ ।

रगतमा सुगरको मात्रा बढ्ने : यदि तपाईं गहुँको प्रयोग खानामा यो सोचेर गर्नु हुन्छ कि यो शरीरका लागि फाइदाजनक विकल्प हो भने तपाईं गलत सोच्नुहुन्छ । गहुँको पिठोले बनेका खानेकुरा तपाईंको शरीरका लागि झन् बढी खतरनाक हुन्छ । गहुँमा पाइने कार्बोहाइड्रेट जसलाई एमाइलोपेक्टिन ‘ए’ भनिन्छ, यो अन्य कुनैपनि कार्बोहाइड्रेटको तुलनामा सजिलोसँग रगतको ग्लुकोजमा परिवर्तित हुन्छ । गहुँको ब्रेडको मात्र दुई वटा पिसले शरीरमा रगतको ग्लुकोजको मात्रा ६ चम्चा चिनी बराबरको बढाइदिने गर्छ ।

शरीर सुन्निने : ग्लुकोजयुक्त आहारले शरीरमा सुन्निने समस्या निम्तिन सक्छ । यसमा ब्लड सुगरको मात्रा बढेर जान्छ र रगतमा ग्लुकोजको निर्माण हुन्छ । जसमा ग्लुकोजले आफैलाई वरपरका प्रोटिनसँग लड्न सक्ने बनाउँछ । यसलाई ग्लाइकेशन नामक एक केमिकल रिएक्सन पनि भन्ने गरिन्छ । ग्लाइकेशन एक प्रकारको प्रो–इन्फ्लेमेटरी प्रक्रिया हो । जसले गेठिया र हृदयरोगसहित विभिन्न प्रकारका सुन्निने सम्बन्धी रोगको कारण बन्न सक्छ ।  

मेटाबोलिज्मको गति सुस्त : अध्ययनका अनुसार जब तपाईं उच्च मात्रामा ग्लाइसेमिक इन्डेक्सयुक्त खाने कुराको सेवन गर्नुहुन्छ अनि त्यसले शरीरको पोषक तत्त्वलाई बासोमा परिवर्तन गरिदिन्छ । शरीरलाई इन्धन प्राप्त हुनुको सट्टा मैदाले बनेका खानेकुराले बोसोलाई पघ्ल्याउने प्रक्रियालाई सुस्त बनाइदिन्छ । यसले शरीरमा बोसो जम्मा हुन थाल्छ । यो प्रक्रियाले शरीरको मेटाबोलिज्मलाई सुस्त बनाइदिन्छ जसले शरीको तौल बढ्न थाल्छ ।

आन्द्रालाई नोक्सानः अध्ययनका अनुसार आहारमा पाइने लेक्टिले आन्द्राको परतमा सुन्निने कारण बन्न सक्छ । जब तपाईं मैदा खानुहुन्छ अनि ८० प्रतिशत फाइबर नष्ट भएर जान्छ । तपाईंको शरीरलाई त्यो फाइबर प्राप्त हुँदैन जसको तपाईंको शरीरलाई आवश्यकता हुन्छ र कार्बोहाइड्रेट तिव्र गतिमा उत्पादन हुन थाल्छ । फाइबर बिना शरीर आन्द्राको विकासलाई सफा गरेर बडी डिटक्स गर्नमा सक्षम पनि हुँदैन ।

फूड एलर्जीको कारण : गहुँलाई फूड एलर्जीको सबैभन्दा ठूलो ट्रिगर्समध्येको एक मानिन्छ । गहुँमा पाइने ग्लुटन नामक प्रोटिन, पिठोलाई नरम लचिलो बनाउने काम गर्छ । यसले रोटी नरम बनाउनमा मद्दत गर्छ । गहुँमा अब पहिलेभन्दा अत्यधिक मात्रामा ग्लुटेन हुन्छ । जब ग्लुटेनयुक्त पदार्थ खानुहुन्छ, यसले शरीरमा फूड एलर्जी हुनुका साथै अन्य विभिन्न समस्याको खतरा बढ्न सक्छ ।

Last modified on 2022-07-15 14:33:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts