अनसनरत केसीको उपचारका लागि समति गठन

What's This?


Download our app to get more features

काठमाण्डौं, १२ असोज । अनसनरत डा. गोविन्द केसीको उपचारका लागि भन्दै स्वास्थ्योपचार समिति गठन गरिएको छ ।

केसीको स्वास्थ्य क्रमिक रुपमा शिथिल बन्दै जान थालेपछि डा.प्रदीप कृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय स्वास्थ्योपचार समिति गठन गरिएको रेजिडेन्ट डा. बद्री अर्यालले जानकारी दिए । अन्य सदस्यहरुमा डा. दिव्यासिंह शाह,डा. सुवास आचार्य, डा. जेन्टल सुन्दर श्रेष्ठ, डा.रविन नेपाली र नर्सिङ सुपरभाइजर सोभना भुजु रहेका छन् । 

डा. केसी चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै गत सोमबारदेखि नवौ चरणको अनसनमा बसेका छन् ।  
 

Last modified on 2017-08-15 15:00:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts