आइओएमको डिन कार्यालयमा प्राध्यापक र कर्मचारी संघको ताला (विज्ञप्ति सहित)

What's This?


Download our app to get more features

काठमाण्डौं, १३ असोज । त्रिवि शिक्षण अस्पतालको डिन कार्यालयमा तालाबन्दि गरीएको छ ।

त्रिवि शिक्षण अस्पतालमा कानुन बिपरित डिन नियुक्त गर्न लागिएको भन्दै आइओएमका प्राध्यापक संघ र अस्पताल कर्मचारी संघले संयुक्त रुपमा महाराजगञ्ज स्थित डिनको कार्यालयमा तालाबन्दी गरेको हो ।

प्राध्यापक संघ र राष्ट्रिय प्रजातन्त्र कर्मचारी संघले संयुक्त विज्ञप्ति जारी गर्दै डीनको कार्यकक्षमा ताला लगाइएको हो । सह प्रा.डा. शुरेस उप्रेति, प्रा.डा.रामेश्वर प्रसाद पोखरेल, रामप्रसाल उप्रेति र लगायत १९ जना प्राध्यापक तथा कर्मचारीद्धारा हस्ताक्षर सहित जारी बिज्ञप्तिमा राजनितिक हस्तक्षेप र कुनै व्याक्ति विशेष हावि भएर कानुन विपरीत डीन नियुक्ति गरे भोलीबाट चरणबद्ध आन्दोलन गर्ने उल्लेख छ ।

केही दिन अघि उनीहरुले त्रिवि उपकुलपतिलाई पत्र पठाउँदै सबैलाई मान्य हुने सक्षम कार्यकुशलता र कानुनबद्ध डिन नियुक्त गर्न सुझाव दिएका थिए ।

 

तर डा. गोबिन्द केसीको अनशनपछि पनि एक ब्यक्तिलाई योजनाबद्ध रुपमा डिन बनाउन लागेको भन्दै उनीहरुले तालाबन्दी गरेका बताइएको छ ।

विज्ञप्ति हेर्नुहोस्

Last modified on 2017-08-14 16:29:58

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts