के तपाईको नशा फुलेको छ ? घरमै सम्भव छ यसको उपचार 

What's This?


Download our app to get more features

एजेन्सी । शरीरको माथिल्लो सतह हात, पाखुरा, पिँडुला लगायतको अंगमा माकुराको जालो वा रुखको हाँगा जस्तो खुम्चिएर बसेको नशालाई फुलेको नशा भनिन्छ । मेडिकल भाषामा यसलाई 'डिसएप्पियर भेरीकोस भेन्स ' भनिन्छ ।

यस्तो नशा फुलिएको हामीले सजिलै देख्न सक्छौं । छालामा हल्का रातो तथा निलो रंगजस्तो  देखिने गर्दछ । विशेषगरी पाखुरा र पिँडुलामा यस्तो समस्या बढि देखिने गर्दछ । यस्तो समस्या हामी आफैले  देख्न सक्छौं । यस्तो समस्या ५० वर्ष उमेर कटेपछि धेरै मानिसहरुलाई हुने गर्दछ ।

झट्ट हेर्दा सामान्यजस्तो  लागेपनि  यसले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्न सक्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार नशाको भल्भ (नलीको द्वार)  खराब भएपछि यस्तो समस्या देखिने गर्दछ । नशामा अत्याधिक रक्त सञ्चारको दबाब अर्थात उच्च रक्तचाप हुनेहरुलाई यो समस्या झन् खतरनाक हुन सक्छ ।

यस्तो समस्याको उपचार गर्न अस्पतालमा ज्यादै महगों पर्ने भएकोले सबैले उपचार गर्न सक्दैनन् । तर आयुर्वेदिक चिकित्सकहरुले भने यस्तो समस्या भएमा घरमै सजिलै उपचार गर्न सकिने बताएका छन् । 

कसरी गर्ने त घरेलु  आयुर्वेदिक उपचार ?

सर्वप्रथम औषधि बनाउन आवश्यक पर्ने आधा कप घिउकुमारी (एलोभेरा), स्याउबाट बनेको अमिलो (एप्पल साइडर भिनेगर) र आधा गाँजर ठिक पार्नुहोस् । अब गाँजरलाई मसिनो गरी काटेर घिउकुमारीसँग मिसाई पिंधेर लेदो (पेष्ट) बनाउनुहोस् ।

त्यसपछि गाँजर र घिउकुमारीको लेदोमा स्याउबाट बनेको अमिलो (एप्पल साइडर भिनेगर) मिसाएर एउटा सुरक्षित भाँडोमा राख्नुहोस् । यसरी तयार भएको मल्हम फुलेको नशा वरीपरी राम्ररी लगाउनुहास् त्यसको ठीक आधा घण्टा पछाडि चिसो पानीले धुनुहोस् ।

यसरी आयुर्वेदिक औषधि निरन्तर एवं महिना लगाउनुहोस् तपाँइको फुलेको नशा विस्तारै हराउने छ । तर तपाइको उमेर अनुसार लगाउनु पर्ने समय केहि घटबढ हुन सक्छ ।

Last modified on 2017-08-13 12:06:30

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

7 Comments

  1. मेरो शरीर को माथी लो भाग मा दुई तीन टाउ मा नसा फुलिएको जस्तो देखिन्छ के गर्दा राम्रो होला भनी दिनु हुन्छ कि

  2. Mero linga ko nasa Sarai fulxa dukhdena mazza po aauxa. Normal size bhanda 10 times thulo Hunxa mazza Hunxa tyo kunai samsgya hora

  3. mero pani eutaaaa khutta ma chha

  4. Mero both heand ma nasa phulea Ko Cha kam Garda dukhacha k Garda ramro huncha hola

  5. Merry pani ghudavanda Munich back sidema xa.yesko operation garnuparxa vane ko can. Ma know garu operation garam ki nagaram plz suggestion ani garda thika ho ki hoina k garda thik plz ansss

  6. mero ni daya khutta ko pakhura ma yestai halka nasa khumchiyeko dekhinx kata kata dar x paxi kehi problem dekhinx ki vanera

  7. Mslai pani podia Ma Yesto nasa fulina thageko xA ra chinauxu. Yesko lagi aayurvedic Ma aauda di xA Ki ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts