भरतपुर अस्पतालका मेसुविरुद्ध दुई करोड ६७ लाख विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर

What's This?


Download our app to get more features

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको भन्दै भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशवराज भुर्तेल विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। डाक्टर भुर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग घुस लिई कच्ची भवन बनाएको, मेडिकल सामान खरिदमा भ्रष्टाचार गरेको, कलेजको जग्गा भाडामा दिएर पैसा आफुले लिएको लगायतका कामहरुबाट भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले मंगलबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो। अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार डा.भुर्तेलले अस्पतालमा हुँदा भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुलेको, सामान र उपकरण खरिदमा भ्रष्टाचार गरेको, आफ्नो शेयर रहेको मौला कालिका अस्पतालमा पाठेघरको अप्रेसन गर्दा गैह्रकानूनी रुपमा रकम असुलेर अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ । उनका अनुसार डाक्टर भुर्तेलले भरतपुर ११ मा बंगला, चितवन मेडिकल कलेजमा ६७ लाखको शेयर, काठमाडौंको कलंकीमा बंगला, नवलपरासीको गैडाकोट र रजहर एवं चितवनमा विभिन्न ठाउँमा समेत चल अचल सम्पत्ति जोडेको पाइएको छ । पदीय जिम्मेवारीको दुरुपयोग गरि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँको विगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । डाक्टर भुर्तेलले श्रीमती रुक्मीणी भुर्तेलका नाउँमा समेत सम्पत्ति राखेको भन्दै अख्तियारले श्रीमती विरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

Last modified on 2016-02-24 11:41:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts