डा. देवकोटाको सुस्वास्थ्यको कामना गर्दै चिकित्सक पुगे पशुपतिनाथ

What's This?


Download our app to get more features

काठमाडौं, ९ पुष । बेलायतमा उपचाररत वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको सुस्वास्थ्यको कामना गर्दै चिकित्सकहरूले पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरेका छन् । 

लाखौं बिरामीको उपचार गर्ने डा. देवकोटा आफै बिरामी परेपछि डा. भोला रिजाल नेतृत्वको टोलीले आइतवार दिउँसो पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरेको हो । 

डा. देवकोटाको पित्तथैली र प्याङक्रियाजको छेउमा समस्या देखिएपछि बेलायतमा उपचार भइरहेको डा. भोला रिजालले बताए । डा देवकोटाको बेलायतस्थित किङ्स कलेज हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । यद्यपि, उनको स्वास्थ्यस्थिति बारे आधिकारिक धारणा भने नआएको डा. रिजालको भनाइ छ । उपचारत डा. देवकोटालाई छिट्टै निको होस भन्ने कामनासहित भगवान पशुपतिनाथसँग प्रार्थना स्वरुप दीप प्रज्वलन गरेको डा. रिजालले बताए । 

मेडिकल साइन्समा विश्वास राख्ने चिकित्सक आफूहरुले भगवानसँग गरेको यस प्रकारको प्रार्थना पूरा हुने बताउँछन । चिकित्सकहरूले यसअघि कांग्रेस नेता शशांक कोइरालाको सुस्वास्थ्यको लागि पशुपतिनाथमा दीप प्रज्वलन गरेका थिए । 

Last modified on 2017-12-25 17:19:35

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts