डा. देवकोटाको स्वास्थ्य सुधारोन्मुख, राष्ट्रपति भण्डारीले गरिन् स्वास्थलाभको कामना


Download our app to get more features
Spark_health_home

काठमाडौँ, १० पुस ।  राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छिन् । 

पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा. देवकोटालाई सोमवार अपराह्न टेलिफोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । 
 
डा. देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिएको बताइएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा. देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी थिइन्। 

vayoda Rastriya Swasthya Shishya suchana tatha sanchar kendra

bp_ad

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डा. देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको छ । पूर्वमन्त्री डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकहरुले आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरेका थिए । रासस

Last modified on 2018-03-27 04:37:58

ohm pharmaceuticals samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Nova_adv