रोग प्रतिरोधात्मक क्षमता घटे निमोनिया

(भिडियोसहित)



Download our app to get more features

निमोनिया बालबालिकालाई मात्रै हुन्छ भन्ने सर्बसाधारणको बुझाई छ । तर त्यसो होइन । रोगसँग लड्ने क्षमता कम भएका जोसुकैलाई पनि निमोनियाको जोखिम रहने चेष्ट फिजिसियन डा. प्रकाश पौडेलको भनाइ छ । डा. पौडेलले निमोनियाबाट जोगिन र निमोनिया भइहाले के गर्ने भनेर केही सुझाब दिएका छन् । जानौं डा. पौडेलले दिएका सुझाब :-

सामान्य भाषामा भन्नुपर्दा फोक्सोमा हुने संक्रमण निमोनिया हो । रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा निमोनियाको जोखिम बढी हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा थोरै मात्र असहज भए पनि निमोनियासहित अन्य रोग लाग्न सक्छ । विशेष गरी वृद्धवृद्धा, क्यान्सरका बिरामी, पहिलेदेखि नै फोक्सोमा  संक्रमण भएका व्यक्ति, लामो समयदेखि औषधि सेवन गरेका व्यक्तिमा निमेनियाको जोखिम उच्च हुन्छ ।

वृद्धवृद्धामा निमोनिया हँुदा उनीहरूले फोक्सोमा जम्मा भएको कफ सहजै निकाल्न सक्दैनन् । यस्तो अवस्थामा फोक्सोमा कफ जम्मा भैरहने हुँदा स्वास्थ्यमा समस्या हुन्छ । कत्तिपय अवस्थामा त भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ । उपचारमा ढिलो भए कतिपयको मृत्यु समेत हुने गर्छ । 

लक्षण :

  • तौल घट्दै जाने ।
  • खानामा रुची घट्ने । 
  • घाँटी खस्खस् गर्ने ।
  • लामो समयसम्म खोकी लाग्ने ।
  • कसै कसैमा पँहेलो, कालो खकार वा कफ निस्कने ।
  • रक्तचाप कम हुने ।
  • उच्च ज्वरो आउँने । 

बँच्न उपाय :

  • रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले हरेक क्षण आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्छ । 
  • पहिलेनै कुनै रोगबाट पीडित भएको भए चिकित्सकको सल्लाह बमोजिम औषधि नियमित सेवन गर्ने ।
  • धूँवा धुलोबाट जोगिने । हिड्नै परे माक्सको प्रयोग गर्ने ।
  • शरीरको प्रकृति हेरी स्वस्थ पौष्टिक आहार खाने । 
  • धुम्रपान, मध्यपान नगर्ने ।
  • धेरै भिडभाडमा नजाने ।
  • नियमित स्वास्थ परीक्षण गर्ने । 
  • सम्भव भएसम्म निमोनियाको भ्याक्सीन लगाउने ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-11-26 07:06:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts