कस्तो छ डा. देवकोटाको स्वास्थ्य अवस्था ?



Download our app to get more features

काठमाडौ, ३० जेठ । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।

डा.देवकोटाको स्वास्थ्य स्थिर भएपछि उनी हिजो आफ्नो घर गएर फेरी अस्पताल फर्केका छन् । सघन उपचार कक्षबाट विशेषज्ञ डाक्टरहरुको टोली सहितको वाडमा रहेका उनको स्वास्थ्य अहिले स्थिर रहेको उनका भतिज वसन्त देवकोटाले हाम्रो डक्टरलाई जानकारी दिए । 

उनले भने, ‘गोरखाबाट फर्केपछि विशेषज्ञ डाक्टरको टिम सहित भिभिआइपी वार्डमा सारिएपछि हिजो काठमाडौं स्थित आफ्नो घर गएर हिजै उहाँलाई अस्पताल ल्याइएको छ । उनको अवस्था अहिले स्थिर छ ।’ 
शनिबार गोरखास्थित जन्मथलो पुगेर फर्केपछि डा.देवकोटाको स्वास्थ्य स्थिर भएको छ ।

Last modified on 2018-06-14 07:55:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts