ठूला सरकारी अस्पताल नेतृत्व बिहीन, भागवण्डा नमिल्दा अन्यौल



Download our app to get more features

काठमाडौं, २१ कात्तिक । केन्द्रमा रहेका सरकारी अस्पताल चारमहिनादेखि नेतृत्व विहीन भएका छन् । राजनीतिक भागवण्डाका कारण समयमा उपकुलपति लगायत निर्देशक नियुक्ति गर्न नसक्दा लामो समयदेखि केन्द्रका ठूला अस्पताल नेतृत्वबिहीन हुन पुगेका हुन् ।

नेतृत्वको अभावले अस्पतालका महत्वपूर्ण काम रोकिएका छन् । आर्थिक र प्रशासनीक काममा समस्या देखिएको छ । नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टर वर्षौंदेखि निर्देशकविहीन छ । निर्देशक नियुक्ति अभावका सरकारले डा. प्रमोद उपाध्यायलाई काम काज गर्ने गरी दिएको जिम्मेवारी एक महिना अगाडिबाट सकिएको छ । निर्देशक नियुक्ति नगरे पछि उपाध्यायले एक महिना अगाडि राजीनामा दिएका छन् । 

वीर अस्पतालमा उस्तै 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पुरै नेतृत्व बिहीन छ । उपकुलपति प्रा.डा गणेश गुरुङको चार बर्षे कार्यकाल चार महिना अगाडि सकिएपछि वीर नेतृत्व विहीन भएको छ । नेपालको पहिलो वीर अस्पताल नेतृत्वविहीन अवस्थामा पुग्दा गरिब तथा विपन्न बर्गले पाउदै आएको उपचारमा समस्या देखिएको छ । एक महिना देखि निर्देशक प्रा.डा भुपेन्द्र कुमार बस्नेतको पनि कार्यकाल सकिएको छ । सबै भन्दा ठुलो अस्पताल लामो समय सम्म नेतृत्व बिहीन अवस्थामा रहँदा संस्थाको काम कारबाही संगै बिरामीको सेवामा गम्भीर समस्या देखिएको छ । वीरमा उपकुलपति नियुक्त नहुँदा सम्म निर्देशक नियुक्ती गर्न मिल्दैन । 

शिक्षण अस्पताल महाराजगञ्ज
शिक्षण अस्पताल महाराजगञ्ज चार महिना देखि नेतृत्व बिहीन अवस्थामा छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ( आइओएम)  शिक्षण अस्पताल कार्यकारी निर्देशक विहीन भएको चार महिना पुगेको छ । तत्कालिन निर्देशक प्रा.डा दीपक प्रकाश महराको कार्यकाल सकिएको महिनौंसम्म पनि निर्देशक नियुक्ती हुन नसक्दा अस्पतालका महत्वपूर्ण काम हुन नसकेको त्यहाँका चिकित्सकले बताएका छन् । शिक्षण अस्पतालको निर्देशकमा सरकारदेखि डा. गोविन्द केसी संम्मको अडान रहेपछि निर्देशक नियुक्ति हुन नसकेको हो । सर्च कमिटी गठन भएपनि कसलाई सिफारीस गर्ने भन्नेमा कुरा नमिल्दा समस्या बल्झिएको हो । 

राम्रो भन्दा पनि हाम्रो खोज्दा समस्या
राम्रो व्यक्ति भन्दा पनि हाम्रो व्यक्तिको खोजिमा सम्बन्धित पक्ष लाग्दा सरकारी अस्पतालहरु नेतृत्व बिहीन अवस्थामा पुगेका हुन् । हाल तीनवटै ठुला अस्पताल निमित्तको भरमा चलिरहेका छन् । महत्वपुर्णकाम रोकिए पनि दैनिक रुपमा हुने काम काज जेनतेन चलिरहेका छन । डा. केसी पक्षले वाईपी सिंह र अन्य चिकित्सकले इश्वर लोहनीलाई सिफारीस गर्न भनेपछि शिक्षण अस्पतालमा निर्देशक सिफारीस हुन नसकेको हो । पहिलो सर्च कमिटीले काम गर्न नसकेपछि पुनः नयाँ सर्च कमिटि बनाएको छ । 

धेरै दिन अन्यौलता रहँदैनः स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्यमा देखिएको अन्यौलता लामो समय नरहने बताएका छन् । महिनौंदेखि स्वास्थ्य सस्था नेतृत्व विहीन अवस्थामा छन् । केही दिन भित्रै यो सबै समस्याको समाधान हुने छ । चाडवाडको समय र प्रधानमन्त्री अवस्थाका कारण केही ढिलाई भएको उनको तर्क छ । स्वास्थ्यमै देखिएको समस्याले पनि केही नियुक्तिमा ढिलाई भएको हो । 

Last modified on 2018-11-08 08:38:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts