डाक्टर बिरामी हुँदा राम्रा साथी खोजी उपचार गराउँछन्

नेता बिरामी भए संगठित हुन्छन् र विदेश पठाउँछन्



Download our app to get more features

घटना १
२०७३ असार २२ गते डा. शशांक कोइराला अकस्मात बिरामी भए । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. कोइरालाले २१ गते राती पिज्जा खाएका थिए । पिज्जा खाएको केही समय पछि उनलाई वान्ता सुरु भयो । रातभर वान्ता भएपछि कोइरालालाई २२ गते बिहान चावहिल स्थित ओम अस्पतालमा भर्ना गरियो । अधिक वान्ताका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै इन्फेक्सनका कारण उनि लामो समय अचेत भए । 

स्वास्थ्य अवस्था गम्भीर भएका उनलाई राजनीतिक दलका नेता तथा कार्यकर्ता र आफन्तहरुले भारत लैजान जोड गरे । तर, ओम अस्पतालमा कार्यरत उनकी श्रीमती डा. सुफत्रा कोइरालाले उपचारका लागी भारत लान दिईनन । नेपालमै सक्षम चिकित्सक र उपकरण भएको भन्दै उनको ओम अस्पतालमै उपचार भयो । उपचारमा श्रीमती डा. सुफत्रा कोइराला, डा. यादव देव भट्ट, डा. लव जोशी लगायतले उपचार गरेका थिए । डाक्टर भएका नाताले सबै चिकित्सकहरु उनको उपचार स्वदेशमै गर्न जुटेका थिए ।  

घटना २
२ वर्ष अघि हेल्पिङहेन्स सामुदायीक अस्पतालका अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठ अस्पताल आउँदै गर्दा बाटोमा बेहोस भएर ढले । उनि लामो समय अचेत भए । उनलाई उपचारका लागी तत्काल नर्भिक अस्पताल लगियो  । चिकित्सकहरु समेत उनको अवस्था देखेर अतालिए । नर्भिक हस्पिटलमा उनलाई नसा रोग विशेषज्ञ डा. पङ्कज जलानले हेरेका थिए । एक हप्ता पछि उनि ठिक भए हाल डा. कृष्ण ढुङगानालाई देखाँउदै आएका छन् । 

घटना ३
 वरष्ठि डा. सोमनाथ अर्याल विगत ९ वर्ष अघि बिशेष कामले चितवन गएका थिए । सोही समयमा उनलाई एक्कासी हृदयघात भयो । चिकित्सकहरुले भरतपुर मेडिकल कलेजमा सामान्य उपचार गरे । स्वास्थ्य अवस्था गंभिर भएपछि हेलिकोप्टर मार्फत उनलाई थापाथली स्थित नर्भिक अस्पताल ल्याईयो । उनलाई हृदयघात भएको जानकारी पाएपछि सबै विशेषज्ञ चिकित्सकहरु आए र उनको उपचार गरे । तत्काल स्टेन्ट हालीयो । हाल उनि मेडिकेयर अस्पतालमा नाक, कान, घाटी रोग विशेषज्ञको हिसावले बिरामीलाई सेवा दिईरहेका छन् । उनले डा. यादव भट्ट लाई नियमीत स्वास्थ्य जाँच गराउँछन् । 

घटना ४
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा गत मंसिर १२ गते अचानक लडे । गोरखाबाट काठमाडौं आएर उपचार गराए । क्यान्सरको आशंका गरे भएपछि उनी उपचारका लागी लण्डन गए । देवकोटाको लन्डन स्थित किंग्स कलेज हस्पिटलमा उपचार भएको थियो । पित्तथैलीको क्यान्सर देखिएपछि उनले सोही अस्पतालमा ५ महिना उपचार गराए । तर, उपचार सम्भव नदेखिएपछि केही समय अघि स्वदेश मै उपचार गराउने भन्दै नेपाल आए । उनको उपचारमा डा. सुवास लोहनी, डा. सुरज खुलुङ लगायत चिकित्सकले उपचार गरिरहेका थिए । देवकोटाले यस अघि नियमीत स्वास्थ्य परिक्षण पाटन अस्पतालमा गराउँदै आएका थिए । हाल उनको निधन भएको छ  । 

स्वदेशमै उपचार सम्भव ठान्छन चिकित्सक
नेपालमा सबै किसिमका उपचार सम्भव भएको चिकित्सकहरुले बताउछन् । उनिहरुले उपचारकै नाममा विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । नेपालमै आवश्यक स्वास्थ्य उपचार हुने भएकाले चिकित्सकहरु उपचारका नाममा विदेश जानुपर्ने बाध्यता नभएको उनिहरु बताउँछन् । ‘नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्की भन्छन स्वास्थ्यमा कुनै संझौता हुदैन, त्यसैले नेपालको स्वास्थ्य राम्रो जानकारी भएकाले हामी यही उपचार गराउँछौं ।’ डा कार्कीका अनुसार नेपालका चिकित्सकलाई नेपालको स्वास्थ्य सेवामा विश्वास छ । हामी कतिपय कुरा सिक्नका लागी बाहिर जान्छौं तर,  उपचारमा स्वदेशकै चिकित्सक माथि विश्वास छ उनले भने । 

नेपालमा कार्यरत चिकित्सकको क्षमता र योग्यताका बारेमा पुर्ण जानकारी भएर पनि चिकित्सक उपचारका लागी विदेश जाँदैनन । 

यसकारण नेपालमै जटिल उपचार गराउँछन् डाक्टर 
नेताहरु बिरामी भए भने जुन अस्पतालमा भर्ना भएका छन् उनिहरुले मात्रै उपचार गर्छन । सम्बन्धीत अस्पताल भन्दा बाहिरबाट चिकित्सक उपचारका लागी आउँदैनन । तर, चिकित्सक बिरामी भएको खण्डमा सबै अस्पतालबाट सम्बन्धीत बिशेषज्ञ चिकित्सक उपचारका लागी आउँछन् नेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले भने । 

साथि भएका कारणले खास चिकित्सक उपचारका लागी आउँने गर्छन अधिकारीले भने । जसका कारण चिकित्सक बिरामी हुदैमा विदेश जानु पर्दैन । स्वदेशमा उपलब्ध भएका सबै प्रविधि उपयोग गरी चिकित्सकको उपचार स्वदेशमै हुने गरेको छ । विश्वमा भएका नयाँ नयाँ प्रविधिहरु नेपालका अस्पतालमा भित्री सकेका छन् । जसले गर्दा चिकित्सकलाई उपचारका लािग विदेश जानुपर्ने बाध्यता छैन । ‘अपवाद बाहेक सबै उपचार नेपालमा छ भन्ने, सबै चिकित्सकहरुलाई जानकारी छ अधिकारीले भने, त्यसैले सामान्य उपचार देखि जटिल रोगको शल्यक्रिया सम्म नेपालमै चिकित्सकले गराउँछन् ।

यो हो नेता विदेश जानुको कारण 
चिकित्सकहरुका अनुसार दोस्रो व्यक्ति (चिकित्सक बाहेक) को उपचार गर्दा सम्बन्धीत अस्पतालले अर्को अस्पताल वा चिकित्सकको साहारा लिदैनन् । उपचारमा जोखिम मोल्न चिकित्सक तयार हुदैनन् जसले गर्दा चिकित्सकहरु नेताहरुलाई उपचार गर्न अरु अस्पतालमा रिफर गर्ने र चिकित्सक बोलाउँने भन्दा विदेश लैजान सल्लाह दिन्छन प्रवक्ता अधिकारी भन्छन । 
 
जानकारहरुका अनुसार अन्य अस्पतालका चिकित्सक अनुमती बिना दोस्रो व्यक्तिको उपचारका लागी जादैनन् । अरु चिकित्सक बोलाउँदा आफु कमजोर हुने भएपछि चिकित्सकले बिरामी उपचारका लागी बाहिर लैजान सिफारीस गर्छन । नेताहरु कहिल्यै आफ्नो कारणले बिदेश जाँदैनन् । उनिहरु डाक्टरका कारणले मात्रै उपचारका लागी विदेश जाने गरेका छन् । 

प्रवक्ता डा. अधिकारी भन्छन, स्वदेशमा उपचार नहुने भएर विदेश जानु पर्ने भए सबैभन्दा बढी डाक्टरहरु उपचारका लागी विदेश जाने थिए । डाक्टरहरु बिरामी भएर राम्रा साथि खोजिखोजी उपचार गराउछन् नेता आए संगठित हुन्छन् र विदेश पठाउँछन । अधिकारीका अनुसार नेताहरुको स्वास्थ्य उपचारको जोखिम चिकित्सकहरु मोल्न चाहदैनन् । 

हामी यही सक्षम छौं बाहिर जानुपर्दैन 
डा. शोमनाथ अर्याल

नेपालमा उपचार सम्भव हुदैन भन्ने एक प्रकारको भ्रम रहेको छ । केही उपचारमा बाहेक कोही पनि व्यक्ति स्वास्थ्य उपचारका नाममा विदेश जानुपर्ने अवस्था छैन । सोही कारण मैले नेपालमै उपचार गराएको हुँ । तर, केही अप्रेशन एका दुई मात्रै भएको छ भने, जोखीम चिकित्सकले लिनु हुदैन । धेरै अप्रेशनहरु गरिएको छ भने, त्यही विषयलाई लिएर अप्रेशन गर्न विदेश जानु उचित हुदैन । धेरै अवस्थामा बाहिर जानुपर्दैन उपचार गराउन ।

स्वास्थ्य परिक्षण समेत विदेशमा गर्दिन 
डा. गुप्तबहादुर श्रेष्ठ 

म बिरामी हुदा नेपालमा उपचार गर्छु । पछिल्ला केही वर्ष यता अत्याधुनिक उपकरणहरु नेपालमा भित्रीएको अवस्था छ । राम्रो र सक्षम चिकित्सक स्वदेशमै छन् । त्यसैले पनि मलाई उपचार गराउन विदेश जानुपर्दैन । सरकार बलियो भएको खण्डमा सबै सेवा यही हुन्छ । म स्वास्थ्य परिक्षण समेत विदेशमा गर्दिन । म डा. रत्नमणी गजुरेललाई नियमीत स्वास्थ्य परिक्षण गराउँछु ।

Last modified on 2018-12-27 06:28:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts