डोटी अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सक भएनन्, शवपरीक्षण गर्न कैलाली लानुपर्ने बाध्यता 



Download our app to get more features

घनगढी,२५ मंसिर । डोटीको जिल्ला अस्पतालमा पोष्टमार्टम गर्न चिकित्सक नहुँदा समस्या भएको छ। भएका चिकित्सक जति कर्मचारी समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक खाली भएका हुन्।

चिकित्सक नहुँदा बिरामीको जाँचदेखि शवपरीक्षण गर्ने चिकित्सक नहुँदा निकै समस्या भएको छ। कूल चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल डोटीमा अहिले एकजना पनि शवपरीक्षण गर्ने सरकारी मान्यता प्राप्त चिकित्सक छैनन् । शवपरीक्षण गर्ने जिम्मेवारी पाएका चिकित्सक भुषण मिश्रको कर्मचारी समायोजनामा काठमाडौँ सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शवपरीक्षण गर्ने अधिकार पाएका चिकित्सक छैनन्। शवपरीक्षण गर्ने जिम्मेवारी पाएका चिकित्सक नहुँदा शवपरीक्षण गर्न निकै समस्या भएको छ ।

चिकित्सक नहुँदा उनीहरूले शवलाई जिल्ला बाहिरका अस्पताल लैजानु पर्ने बाध्यता भएको छ। यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका–१ मा खोपले एक शिशुको मृत्यु भयो । घण्टेश्वर स्वास्थ्य चौकीका इन्चार्ज हिरा भट्टले नै खोप लगाएका थिए । घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप केन्द्रमा गएको मङ्गलबार खोप लगाएका स्थानीयवासी टेकबहादुर मल्लका चार महिनाका नाति प्रवीण मल्लको मृत्यु भएपछि निज बालकको शवपरीक्षण गर्न जिल्ला अस्पताल डोटी ल्याइयो तर यहाँ शवपरीक्षण गर्ने चिकित्सक नहुँदा उनका परिवारले बालकको शव डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा लगियो त्यहाँ पनि शवपरीक्षण गर्ने चिकित्सक नहुँदा अन्ततः बालको शव कैलाली जिल्ला लगेर परीक्षण गर्नुपरेको थियो । 

Last modified on 2019-12-19 15:31:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts