जोर्नी प्रत्यारोपणपछि राम्रोसँग काम गर्दैन भन्नु गलत हो (भिडियोसहित)



Download our app to get more features

जोर्नी प्रत्यारोपण हुन थालेको नेपालमा धेरै भएको छैन । नयाँ नयाँ उपचार पद्धति भएका कारण यसप्रति आममानिसको धारणा सकारात्मक छैन । 
धेरैको आशंका छ की जोर्नी प्रत्यारोपण गरे पनि पहिलेको जस्तो गरी काम गर्न सकिदैन की ? धेरै खर्चिलो हुन्छ होला ? आदि इत्यादि । यही आम आशंकालाई प्रष्टयाउन हाम्रो डक्टरले हाड जोर्नी विशेषज्ञ तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. ऋषि विष्टसँग कुराकानी गरेको छ । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

के हो जोर्नी प्रत्यारोपण ?
मानव शरीरमा धेरै जोर्नी हुन्छन् । यस्ता जोर्नीमा विविध समस्या आएर जोर्नीले आवश्यक काम गर्न सक्दैनन् । जसले मानिसलाई अस्वस्थ बनाउँछ । शल्यक्रियामार्फत यस्ता समस्याग्रस्त जोर्नी हटाई सो जोर्नीको ठाउँमा अर्को कृतिम जोर्नी राख्नुलाई जोर्नी प्रत्यारोपण वा जोर्नी फेर्नु भनिन्छ । 

सबै भन्दा बढी समस्या आउने कुन ठाउँको जोर्नी होला ? 
शरीरका जुनसुकै जोर्नीमा समस्या आउनसक्छ । तर अन्य ठाउँका जोर्नीमा भन्दा बढीजासो घुँडा र हिपको जोर्नीमा बढी समस्या हुने गरेको छ । यही कारण घुडा र हिपको जोर्नी नै बढी प्रत्यारोपण गर्ने प्रचलन छ ।

के कारण जेर्नीमा समस्या आउँछ ? 
जोर्नीमा समस्या आउने वा जोर्नी ड्यामेज हुने कारण एउटै मात्र छैन । त्यस मध्ये बढ्दो उमेरसँगै हड्डी खिइने प्रमुख कारण हो । यसको अलावा दुर्घटनामा परी घाउ जोचले जोर्नी बिग्रनु, जोर्नीमा संक्रमण हुनु, बाथ, युरिक एसिड आदिका कारणले पनि जोर्नी बिग्रन्छ ।  

जोर्नीमा समस्या भएको कसरी थाहा पाउने ? 
जोर्नी बिग्रिएको कारण अनुसार यसको लक्षण देखा पर्छ । तर सान्यतया जोर्नीको दुखाई नै प्रमुख लक्षण हो । हिड्डुल गर्न अप्ठयारो हुने, उकालोउरालो गर्दा जोर्नी खुम्चाउन गाह्रो हुने, सुत्दा कोल्टो फेर्न गाह्रो हुने अन्य कारण हुन् ।  जोर्नीको समस्या क्रोनिक भैसके पछि खुट्टा बाँगिने, जोर्नीनिरको मांशपेशीमा निला डाम हुने, सुन्निने लगायतका समस्या देखापर्छ । 

के जोर्नी प्रत्यारोपण गरेपछि पहिलेको जस्तै काम गर्छ ?
कतिपय मानिसको बुझाई छ की कृतिम जोर्नीले पहिलेको जस्तो काम गर्न सक्दैन । तर त्यसो होइन, प्रत्यारोपण गरिएको जोर्नीले पहिलेको जस्तै काम गर्छ । तर जोर्नीको हेरचाहमा भने ध्यान दिनुपर्छ । पलेटी कसेर बस्नु हँुदैन् । बढी भार दिनु हँुदैन् । अग्ला कान्लाबाट हाम फाल्नु हँुदैन । 

जोर्नी प्रत्यारोपण कत्तिको महंगो छ ? 
यो अलि महंगो नै छ । आम नेपालीको पहुचमा सहज छैन । यसमा प्रगोग गरिने सामाग्री र अस्पताल अनुसार यसको मूल्य निर्धारण हुन्छ । २÷३ लाखदेखि ५÷६ लाखसम्म खर्च हुनसक्छ । अझै पनि सबै अस्पतालमा जोर्नी प्रत्यारोपण सेवा छैन् र पनि जहाँ जहाँ जोर्नी प्रत्यारोपण गरिन्छ, बिरलै बाहेक जोर्नी प्रत्यारोपण सफल भएको पाइन्छ । 

जोर्नी प्रत्यारोपणपछि बिरामी के कस्ता कुरामा ध्यान दिनु पर्छ ?
जोर्नी प्रत्यारोपणलाई जटिल तर सफल शल्यक्रिया मानिन्छ । यसको प्रत्यारोपण गरिसकेपछि चिकित्सकको सल्लाह बमोजिम हिड्डुल गर्ने, औषधिको सेवन, फिजियोथेरापी गर्ने, खानपानमा ध्यान दिने सबै काम राम्ररी गर्यो भने यसले पहिलेको जोर्नी जस्तैं काम गर्छ । 
 

Last modified on 2019-01-10 06:50:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts