तरकारीमा विषादीको प्रयोग बढ्यो



Download our app to get more features

डडेलधुरा, २९ जेठ । ज्ञानको अभावका कारण डडेल्धुराका किसानले तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । तरकारीमा विषादीको प्रयोगबाट मानवशरीरमा पर्न सक्ने असरका वारेमा ज्ञान नहुँदा यहाँका किसानहरुले तरकारीमा आवश्यक मात्रा भन्दाबढी र कडा खालको विषादि प्रयोग गर्दै आईरहेका हुन । 

किसानलाई विषादीले मानवशरीरमा पार्न सक्ने असरका वारेमा ज्ञान नहुँदा बढी उत्पादन हुने आसमा तरकारीमा कडा खालको विषादी प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराले बताएको छ । आलु, गोलभेंडा, काउली, भ्यान्टा, सिमी,काक्रा,लौका लगायत दैनिक उपभोग्य तरकारीमा किसानले कडा खालको विषादि प्रयोग गर्दै आएका छन् । 

विषादीले मानव शरीरमा पार्न सक्ने असरका बारेमा यहाँका किसानमा ज्ञान छैन। अर्गानिक तरकारी उत्पादन गर्दा लागत मुल्य वढी हुनुका साथै झन्झटीलो हुने भएकाले बजारमै पाईने विषादी प्रयोग गर्ने गरेको र विषादी स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने बारेमा समेत आफुहरुलाई ज्ञान नभएको किसानहरुको भनाई छ । विषादियुक्त तरकारी खाँदा मुटुरोग, स्वासप्रस्वास, छाला सम्वन्धी रोग , मिर्गौला लगायत जटिल रोग लाग्न सक्छ । 

ज्ञानको अभाव साथै बढी उत्पादन गर्ने सोचका कारण यहाँका उपभोक्ता दैनिक मन्द विष सेवन गर्न बाध्य भएका छन् । डडेल्धुरामा व्यवसायीक रुपमै तरकारी उत्पादन हुन थालेपछि विषादीको प्रयोगमा समेत वृद्धि भएको छ ।
 

Last modified on 2019-06-12 14:17:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts