के हो अण्डादान ? अण्डादानबाट कसरी जन्माउने बच्चा ?



Download our app to get more features

पुरुषबाट दान गरिएको विर्यबाट बच्चा जन्माउने पद्धति त नेपालमा धेरै पहिलेदेखि अभ्यास हुँदै आएको छ । तर अब महिलाले दान गरेको अण्डा वा एग डोनेशनबाट बच्चा जन्माउने क्रम पनि बढिरहेको छ । के हो एग डोनेशन ? यो कसरी गरिन्छ ? एग डोनेशन गर्ने र लिने महिलामा केही असर पर्छ वा पर्दैन ? भन्ने विषयमा बाँझोपन, ल्याप्रोस्कोपी, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. नुतन शर्माको भनाइ यस्तो छ ।

टेष्टट्युब बेबी वा आइभीएफमार्फत बच्चा जन्माउँदा, बच्चा जन्माउनयोग्य महिलाले अण्डा दिनु नै एग डोनेशन वा अण्डा दान हो । विशेषगरी बच्चा जन्माउने चाहना भएका तर आवश्यक अण्डा उत्पादन नभएका निःसन्तान महिलाका लागि यस्ता अण्डा आवश्यक हुन्छ ।  यसरी गरिन्छ एग डोनेशन जब कुनै महिलाले आइभीएफ वा टेस्टट्युब बेबीमार्फत शिशु जन्माउन चाहान्छिन् । उसलाई अण्डादान गर्न तयार महिलाको स्वास्थ परीक्षण गरिन्छ । उनको स्वास्थ्य अवस्था कस्तो छ रु अण्डा कतिको योग्य छ ? अण्डा लिने र दिने दुबैको शारीरिक अवस्था हेरी सबै कुरा उपयुक्त भए मात्रै आवश्यक उपकरणको  सहायताले अण्डा निकालिन्छ र सम्बन्धित महिलाको श्रीमानको विर्यसँग मिलाई त्यही  महिलाको पाठेघरमा राखिन्छ ।  

नेपालमा अझै पनि एग डोनेशनलाई नकारात्मक रुपमा लिने प्रचलन रहेको पाइन्छ । एग डोनेशन गर्ने र लिने महिला समाजमा खुल्न हिच्किचाउने गरेको पाइन्छ । एग डोनेशन गर्ने महिलाको स्वास्थ्मा असर पर्ने, पछि बच्चा नहुने र यसरी जन्मिएका बच्चा पूर्ण स्वस्थ हुँदैनन् भन्न् भ्रम समाजमा रहेको छ । तर यो गलत हो । एग डोनेशनबाट जन्मने बच्चाहरू पनि अन्य समान्य जस्तैं हुन्छन् । स्वास्थ परीक्षण पश्चात उपयुक्त भए मात्र यस्तो अण्डा दिने र लिने भएकाले यसले कुनै असर गर्दैन् । नेपालमा एग डोनेशन बढ्दो विकसित राष्ट्रहरूमा एग डोनेशन निकै पहिलेदेखि प्रचलनमा छ । नेपालमा भने यसले भर्खरै चर्चा पाउन थालेको छ । यो निकै राम्रो कुरा हो । आफ्नो स्वास्थ्यका कारण बच्चा जन्माउन नसकेका महिलाले कसैको अण्डा लिएर बच्चा जन्माउन सक्छिन ।

अण्डा दिनेलाई पनि आर्थिक लगायत अन्य कुरामा सहयोग पुग्छ । एग डोनेशन गर्ने धेरैजसो कलेजका किशोरीहरू रहेको पाइन्छ ।  एक महिलाले कति पटकसम्म एग डोनेशन गर्न सक्छिन्  एउटा स्वस्थ महिलाले स्वस्थ परीक्षण गर्दा उपयुक्त ठहरिए चारदेखि ६ महिनाको अन्तरमा जीवनभरमा ४ देखि ६ पटकसम्म एग डोनेशन गर्न सक्छिन् । छोटोछोटो समयमा धेरै पटक यस्तो गर्नु भने राम्रो हुँदैन् ।  कति पैसा लाग्छ  एग डोनेशन गर्दा डोनर अनुसार पैसा फरक पर्छ होल । यो हामीसँग सम्बन्धित हुँदैन । यो अण्डा दान दिने र लिनेबीच हुने कुरा हो । 

Last modified on 2019-09-21 15:03:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts