आलुले यसरी चम्काउनुहोस् अनुहार 



Download our app to get more features

आलु एक यस्तो तरकारी हो जुन १२ महिनै बजारमा सहजै पाइन्छ ।

आलुको प्रयोग तरकारीको रुपमा मात्रै नभई सौन्दर्य बढाउनका लागि पनि गर्न सकिन्छ । अनुहारमा भएका दाग र आँखाको डार्क सर्कल हटाउन आलु निकै नै लाभकारी हुन्छ । आलुको रस आँखाको वरिपरि लगाउनाले आँखा सुन्निएको पनि निको हुन्छ । 
जानौं आलुको प्रयोगले कसरी अनुहारको चमक र छाला कसिलो बनाउँछ  :

आलु र अन्डा 
आलु र अन्डाको फेस प्याक अनुहारमा लगाउनाले छाला कसिलो हुन्छ । त्यसका लागि आधा टुक्रा आलुको रसमा एउटा अन्डाको सेतो भाग राखेर राम्रोसँग मिसाउने । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाएर २० मिनेट जति सुक्न दिने । त्यसपछि चिसो वा मनतातो पानीले अनुहार सफा गर्ने । 

आलु र बेसार 
आलु र बेसारको फेस प्याकको नियमित प्रयोगले छाला सफा र बेदाग बनाउँछ । त्यसका लागि आलुलाई पिसेर त्यसमा एक चिम्टी बेसार राखेर मिसाउने । तयार पेस्ट अनुहारमा लगाएर आधा घन्टा सुक्न दिने । त्यसपछि अनुहार धुने । यसले अनुहार सफा र बेदाग बनाउँछ । 

आलु र मुल्तानी माटो
योे फेस प्याकले अनुहारमा निखार ल्याउनुका साथै डन्डिफोर र अनुहार सुन्निने समस्यामा राहत दिन्छ । यो फेस प्याक बनाउन नताछेको आलुको पेस्ट बनाउने र त्यसमा ३ देखि ४ चम्चा मुल्तानी माटो र केही थोपा गुलाब जल राख्ने । यसलाई राम्रो सँग मिक्स गर्ने । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाउने । करिब ३० मिनेटपछि अनुहार धुने । 

आलु र दुध
आधा टुक्रा आलुलाई ताछेर त्यसको रस निकाल्न र त्यसमा दुई चम्चा काँचो दुध मिसाउने । सो रसलाई कपासको माध्यमले अनुहार र गर्दनमा लगाउने र २० मिनेटपछि धुने । यो प्याक सातामा ३ दिन नियमित प्रयोग गरे अनुहारमा देखिने फरक अनुभव गर्न सकिन्छ । 
(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-11-03 14:41:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts