प्रेमको प्रतिक गुलाफको फुलले तपाईंलाई राख्छ स्वस्थ !



Download our app to get more features

प्रेमको प्रतिक गुलाफको सौन्दर्यता र महत्व कतिको छ हाम्रो जीवनमा त्यो हामी सबैलाई थाहा भएको कुरा हो । तर, के तपाइलाई थाहा छ गुलाफको फूल एक अचुक औषधि पनि हो ।

गुलाफको प्रयोगले अनुहार र छाला सम्बन्धीत समस्यालाई समाधान हुन्छ । गुलाफको फूलको पातको प्रयोगले अनुहारमा निखार ल्याउनमा बढी फाइदा पुग्छ ।

गुलाफ जलको प्रयोग गरेर धेरै प्रकारका छाला सम्बन्धी समस्या हटाउन सकिन्छ । यस बाहेक गुलाफको बिउबाट निकालिने तेललाई सेन्ट (इत्तर) बनाउन सकिन्छ ।

गुलाफ औषधि कसरी ?

१. आँखालाई स्वस्थ राख्छ
गुलाब जलको प्रयोगले आँखाको थकान र चिलाउने समस्या समाधान हुन्छ । साथै यसको प्रयोगले  आँखा सफा हुने र चमक्लिो हुन्छ ।

२. चोट लागेमा चाँडै निको हुन्छ  
गुलाफमा एस्ट्रिजेन्टको गुण पाईन्छ । यसको तेलको प्रयोग गर्नाले घाउ र चोट चाँडै निको गर्नमा मद्दत गर्छ । यस वाहेक यदी घाउबाट धेरै रगत बगेको छ भने त्यसमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

३. छालाको लागि फाइदाजनक  
गुलाब जलको प्रयोग टोनरको रुपमा पनि गरिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो हुन्छ । साथै छालाको पीएच मात्रालाई पनि सन्तुलित बनाइ राख्छ, जसले गर्दा अनुहारमा चायाँ, डन्डिफोर आउँदैन ।

४. कपालको लागि गुणकारी 
गुलाफको तेल कपालमा प्रयोग गर्नाले कपाल बढ्ने हुन्छ । गुलाफको तेल कपालको जडामो मसाज गर्नाले कपाल बलियो र घना हुन्छ ।

५. तनाव कम गर्नमा मद्दत  
गुलाफको तेलको प्रयोग टाउको दुखेको बेला गर्न सकिन्छ । यसले टाउको दुखेको निको हुने र तनाव पनि कम गराउँछ । यदी तपाईलाई डिप्रेशनको समस्या छ भने गुलाफको तेल प्रयोग गर्न सक्नु हुन्छ, यसले तनावलाई पनि हटाउनमा मद्दत गर्छ ।


(आयुर्वेद डाक्टर अमित कर्ण सँग गरिएको कुराकानीमा आधारित)

Last modified on 2019-02-14 06:52:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts