बदलिँदो मौषममा यसरी गर्नुहोस् छालाको स्याहार



Download our app to get more features

जाडो बिस्तारै कम हुने र गर्मी सुरु हुने हुँदा फागुन चैत महिनामा स्वास्थ्य सम्बन्धी समस्याहरू देखिन सक्छन् ।

मौसममा हुने परिवर्तनले छाला अझै धेरै र छिटो प्रभाव पार्न सक्छ । त्यसैले यस्तो बेलामा छालाको विशेष ध्यान दिनु आवश्यक हुन्छ । 
छाला रोग विशेषज्ञ डा. अनिलकुमार दासका अनुसार बदलिँदो मौसममा छालाको ख्याल राख्नका लागि यी महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ । 

१. यस्तो मौसममा छालाको स्याहार गर्न फेस स्क्रब गर्नुपर्छ । यसले तपाईंको अनुहारमा भएका मृत कोषहरू सफा गर्छ र अनुहार पनि चम्किलो बन्छ । 
२. भिटामिन सी र मोइस्चराइजÞर्सको उपयोगले पनि तपाईंको छालाको रुखोपनमा राहत दिलाउँछ । 
३. सुत्नु अघि लेबेन्डरको तेलको उपयोग गर्न सकिन्छ । यसले छाला मुलायम र कोमल बनाउँछ । 
४. डन्डीफोर, चाँयाको समस्या भएकाहरूले रेट्नलको प्रयोग गर्नु राम्रो हुन्छ । यसले डन्डीफोर हटाउनुको साथै डन्डीफोर आउनबाट पनि रोक्छ । 
५. यो मौसममा शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त पानी र ताजा फलको जुस पिउनु पर्छ । जसले छालामा निखार ल्याउँछ । 
६. खान–पानमा पनि विषेश ख्याल राख्नुपर्छ । खानामा मौसमी फल र तरकारी समाबेस गर्दा अझै राम्रो हुन्छ । 


 

Last modified on 2019-03-18 09:22:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts