यी हुन् चायाँ हटाउने घरेलु पाँच उपाय 



Download our app to get more features

जाडो मौसममा कपालमा परेको चायाँले निकै दुःख दिन्छ ।

कपालबाट चायाँ खस्ने डरले कतिपय मानिसले जाडोयामभर गाढा रंगको लुगा नै लगाउँदैनन् । यति मात्रै होइन चायाँले कपाल टुट्ने, छाला सुक्खा हुने जस्ता समस्या पनि निम्त्याउछ । यसकारण चायाँको उपचार समयमै गरिएन भने कपाल झरेर तालु बन्न पनि बेर लाग्दैन । 
चायाँ पर्नुको मुख्य कारण कपालको राम्रो देखभाल नगर्नु नै हो ।

यसबाहेक धुलो धुवाँ, स्याम्पुको गलत चयन, अनावश्यक हेयर ट्रिटमेन्ट, शरीरमा हर्मोनको गडबडी आदि कारणले पनि चायाँ पर्छ । यदि कपालको सरसफाई र खानपानमा विशेष ध्यान दिने हो भने ५० प्रतिशतसम्म समस्या ठीक हुने विभिन्न अध्ययनले जनाएका छन् ।

यसबाहेक निम्न घरेलु उपायबाट पनि चायाँ हटाउन सकिन्छ । जानौँ चायाँ हटाउने पाँच घरेलु उपाय :

ओटमील मास्क
ओटमीलमा कपाललाई पोषण दिने तत्वले भरिपूर्ण हुन्छ । यसले कपाललाई पोषणकाका साथै चायाँ पनि हटाउँछ । ओटमीलको हेयर मास्क बनउन सबैभन्दा पहिले आधा कप ओटमील, एक चम्चा बादामको तेल र चार चम्चा मन तातो दूध लिने । सबै सामग्रीलाई राम्रोसँग मिसाउने र गोलाकार शैलीमा कपालमा लगाएर मसाज गर्ने । एक घन्टासम्म उक्त मास्क कपालमा लगाई राख्ने । त्यसपछि मन तातो पानीले कपाल धुने । यो मास्क सातामा दुई पटक लगाउनु पर्छ । यसले कपालमा भएको चायाँ हराउँछ ।

दही–लेमन मास्क
दही र कागती भिटामिन सी को राम्रो स्रोत हो । दही र कागतीको मास्क कपालका लागि निकै फाइदाजनक हुन्छ । दही र कागतीको मास्क बनाउन एक कप दहीमा दुई चम्चा कागतीको रस र एक चम्चा मह राखेर घोल्ने र सो मास्कलाई कपालको जरामा लगाउने र केही समय सुक्न दिने । करिब एक घन्टापछि मन तातो पानीले कपाल धोएर नरिवलको तेल लगाउने । दही र कागतीले कपालमा भएको चायाँलाई हटाउँछ भने महले कपाललाई पोषण दिन्छ । 

अडहुल फूलको मास्क
अडहुल (घण्टे) फूल बारे प्रायः सबैलाई थाहा होला । यो फूल पूजा गर्नका लागि प्रयोग गरिन्छ । रातो र गुलाफी रंगको अडहुलको फूल छाला र कपालको लागि लाभकारी मानिन्छ । यो फूलको मास्क बनाउन ६–७ वटा अडहुलको फूललाई पानीमा उमाल्ने र त्यसपछि पेस्ट बनाउने । अब उक्त पेस्टमा तीन चम्चा मन तातो नरिवलको तेल राखेर मिक्स गर्ने । तयारी पेस्टलाई कपालको जरामा लगाउने र हातले मसाज गर्ने ।  करिब दुई घन्टापछि कपाल राम्रोसँग धुने । अडहुलको फूलमा पर्याप्त मात्रामा भिटामिन सी र एमीनो एसिड पाइन्छ । जसले कपाललाई बलियो बनाउनुका साथै ड्यान्ड्रफरहित पनि बनाउँछ ।

अन्डा मास्क
अन्डा कपालको लागि फाइदाजनक हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । त्यसैले अन्डाको प्रयोग स्याम्पु बनाउनेहरूले पनि गर्ने गर्छन् । अन्डाको मास्क बनाउन अन्डाको सेतो भागलाई छुट्याएर राख्ने । त्यसमा दुई चम्चा ओलिभ आयल राखेर राम्रोसँग घोल्ने । जब उक्त मिश्रण गाढा पेस्टमा परिणत हुन्छ त्यसपछि औँलाको सहायताले कपालको जरामा लगाउने । करिब आधा घन्टासम्म कपालमा लगाई राख्ने र त्यसपछि कपाल धुने । अन्डाले कपाललाई सिल्की बनाउनुका साथै चाँयाबाट मुक्त राख्छ । 

केराको मास्क
केरा एक यस्तो फल हो जुन बाह्रै महिना सहजै पाइन्छ । केरामा विभिन्न प्रकारका औषधिजन्य गुण हुनाले कपाललाई पनि फाइदा पुर्याउँछ । केराको हेयर मास्क बनाउनका लागि एउटा पाकेको केरालाई राम्रोसँग पेस्ट बनाउने । त्यसपछि सो पेस्टमा एक चम्चा मह, एक चम्चा कागतीको रस र एक चम्चा बदामको तेल राखेर घोल्ने । तयार पेस्टलाई राम्रोसँग कपालको जरामा लगाउने र करिब एक घण्टापछि धुने । यो हेयर मास्कले चायाँ हटाउनुका साथै कपाल मुलायम र चम्किलो पनि बनाउँछ । 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-02-27 07:02:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts