तालाबन्दीले चितवन मेडिकल कलेज पाँच दिनदेखि ठप्प

ताला खोल्न प्रशासनको बेवास्ता, प्रथम वर्षका विद्यार्थीको फारम छुट्यो



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । पाँच दिनअघि चितवन मेडिकल कलेजमा लागेको ताला अझै खुलेको छैन । कलेज प्रशासनले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता नगरेपछि मेडिकल कलेजका विद्यार्थीले गत आइतबार तालाबन्दी गरेका हुन् । कलेज प्रशासनले विद्यार्थीको मागप्रति बेवास्ता गरिरहेका ताला खुल्ने थप अनिश्चित बनेको छ ।  

मेडिकल कलेजहरूले सरकारले तोके भन्दा बढी शुल्क उठाएको प्रमाणसहित विद्यार्थी आन्दोलित बनेका थिए । रकम फिर्ता नगरेपछि चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र यूनिभर्सल मेडिक कलेजमा एमबिबिएस र बिडिएस अध्ययनरत विद्यार्र्थी अझै आन्दोलित नै छन् । आन्दोलनरत विद्यार्थीको माग पुरा गर्दै बढी सुल्क फिर्ता गर्न सरकारले पनि कलेजहरुलाई निर्देशन दिइसकेको छ । तर रकम फिर्ता गर्न मेडिकल कलेजहरू आनाकानी गरिरहेका छन् ।

मेडिकल कलेजहरूले सरकारको निर्देशन पालना नगर्दा पढाई छोडेर आन्दोलनमा उत्रनु परेको चितवन मेडिकल कलेजका विद्यार्थी हिमराज बुढाथोकीले बताए । मेडिकल कलेजहरूले बढी रकम फिर्ता गर्न १५ दिन मागेका थिए । तर त्यस अवधिमा कुनै कलेजहरुले कुनै पहल नगरेपछि विद्यार्थीले ताला लगाएको बताएका छन् । बुढाथोकीले भने, ‘कलेजमा ताला लागेपछि एमबिबिएस पहिलो वर्षमा अध्ययन गर्ने सबै विद्यार्थीले परीक्षा फारम समेत भरेका छैनन ।’ उनका अनुसार पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको फारम भर्ने मिति विहिबार अन्तिम दिन हो । कलेजमा लागेको तालाका कारण पठनपाठन समेत अवरुद्ध छ ।

कलेजका विभिन्न शाखामा भित्रभित्रै काम भइरहेको भन्दै फेरी बुधबार थय एक कक्षमा ताला लगाएको उनले बताए । ताला अनिश्चितकालका लागि लगाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै १५ दिनभित्र विद्यार्थीको गुनासा सम्बोधन नभए मेडिकल कलेजलाई ठगी मुद्दा चलाउने चेतावनी दिएको छ । सरकारले बढी शुल्क फिर्ता गर्न भने पनि यसबारे कलेज प्रशासनले कुनै चासो देखाएको छैन । १५ दिनभित्र रकम नपाए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन मन्त्रालयले विद्यार्थीलाई आग्रह गरेको छ ।

Last modified on 2019-11-15 14:58:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts