बलात्कार आरोपमा पक्राउ परेका डा.झालाई आज अदालत लगिँदै



Download our app to get more features

काठमाडौं, १० मंसिर । बलात्कार आरोपमा पक्राउ परेका डा.रोहित झालाई आज अदालतमा पेश गरिँदैछ ।

सोमबार नेपाल मेडिसिटी अस्पतालबाटै पक्राउ परेका डा.झालाई ललितपुर प्रहरीले आज म्याद लिएर अनुसन्धान सुरु गर्ने भएको छ । ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार सोमबार पक्राउ गर्दा कार्यालय समय सकिएकाले उनीमाथि अनुसन्धानका लागि म्याद थप हुन पाएन । आज अदालतमा उपस्थित गराएर म्याद लिएर थप अनुसन्धान गर्ने तयारी छ ।

आइतबार चेकजाँच गर्न आएकी एक बिरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डा.झाले जवरजस्ती करणी गर्न खोजेको आरोप लगाइएको छ । डाक्टर झाले स्थेस्कोप लगाउनुको साटो छातीमा हात पुर्याएर संवेदनशील अंगमा समेत हात पुर्याएको पीडितले जाहेरीमा बताएकी छन् ।

डा. झाविरुद्ध दुई मुद्दा लाग्न सक्ने प्रहरीले जनाएको छ । मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम जबरजस्तीकरणी उद्योग र दफा २२३ को कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने कसूरमा मुद्दा चल्न सक्छ ।

Last modified on 2019-11-27 07:56:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts