आइओएमले मङ्सिर १८ का लागि तोकेको परिक्षा फेरि अन्यौलमा



Download our app to get more features

काठमाडौं, १२ मङ्सिर । आइओएमले मङ्सिर १८ गतेका लागि तोकेको परिक्षा फेरि सर्ने भएको छ ।

शैक्षिक क्यालेन्डरबाट एमबीबीएस, नर्सिङ, बिडिएस लगायत अन्य पारामेडिकल संकायको परिक्षा विद्यार्थीहरुले बहिस्कार गर्ने भनेपछि परिक्षा अन्यौलमा परेको हो ।

यसअघि नै एक महिनाका लागि स्थगित भएको परिक्षा फेरि सर्ने भएपछि ५ वर्षमा सक्ने कोर्ष ६ वर्ष भन्दा बढी लाग्ने भएको छ ।

सरकारले नीजि मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता र समायोजनको विषयमा गरेको सम्झौता अमान्य भएको भन्दै विद्यार्थीहरुले परिक्षा नै बहिस्कार गर्ने बताएका छन् ।

उनीहरुले त्रिविका उपकुलपति, शिक्षामन्त्री र आईओएमका डीनले मेडिकल कलेजका माफियाको प्रलोभवनमा आएर गरेको निर्णय आफूलाई मान्य नहुने भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । 

आईओएमले परिक्षाका लागि शुल्क तिरेर मङ्सिर १५ गतेसम्म फारम भर्न सूचना समेत जारी गरिसकेको छ । 
 

Last modified on 2019-12-01 06:07:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts