समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको सरोकारवालाको भनाइ



Download our app to get more features

रुपन्देही, १६ मंसिर । समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म समाजमा एचआईभी संक्रमित खुलेर बाहिर आउन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५, र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा बुटवलमा आयोजित एचआईभी र एड्स सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन राजेन्द्र खनालले एचआईभी रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुरयाउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने बताए ।

डा खनालले एचआईभीको क्षेत्रमा विधि विज्ञानले जुन हिसावले फडको मारेको छ । यो सबैको लागि सकारात्मक कुरा भएको बताए । डा खनालले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले संवेदनशिल भएर पेशालाई मर्यादित बनाउदै पीडितमैत्री वातावरण अनुसार अगाडी बढनुपर्ने बताए।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका एचआइभी फोकल पर्सन दिवाकर महर्जनले विश्व एड्स दिवसले समाजमा एचआइभीको अवस्थाको विषयमा जानकारी दिने बताए । एचआईभी रोकथामका लागि सबैले आ आफ्नो क्षेत्रबाट पहल गर्ने हो भने संक्रमणको दर न्यनीकरण हुने बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले एचआइभी संक्रमणको दरलाई रोकथाम गर्न समुदायलाई सचेतीकरण गर्दे अगाडी बढनुपर्ने वताए। समाजमा संक्रमितलाई हेर्ने दष्टिकोण परिवर्तन भएमा संक्रमितहरु खुलेर उपचारका लागि आउने र उनीहरुको स्वास्थ्यमा सुधार र आयु लम्बिने बताउदै अवका कार्यक्रमलाई अगाडी बढाउनुपर्ने डा गिरीले बताए। 

कार्यक्रममा एएच एफ नेपालका धर्मराज भट्टराईले एचआईभीको संक्रमणलाई रोकथाम गर्नका लागि समुदायलाई सचेतिकरण गर्ने र राज्यका हरेक निकायलाई जवाफदेहि बनाउनु पर्ने वताए । स्वस्थ्य जीवन जीउनु हरेक नागरिकको मौलिक अधिकार भएकोले यसलाई सही ढंगले अगाडी बढाउने र एचआईभी भएर बाँचिरहेका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुले जस्तो सम्मान पूर्वक बाँच्न पाउने वातावारण श्रृजना गर्नुपर्ने बताए।

विश्व एड्स दिवसको अवसरमा विभिन्न अस्पतालका स्वास्थ्यकर्मी, एचआइभी एड्सको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु वीचमा एचआईभी एडसको सन्दर्भमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संचालन गरिएको थियो । १२ वटा समूहरुले भाग लिएको कार्यक्रममा आस्था समूह प्रथम, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितीय र लिड्स कलेज बुटवल तृतिय स्थान हासिल गरेका थिए । विजयी समूहलाई क्रमशः ३ हजार, २ हजार र एक हजार तथा मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष रीमा बिसी लगायतले संक्रमितहरुका अधिकारको विषयलाई क्रसकटिङ्ग स्वालका रुपमा अगाडी बढाउनु पर्ने वताईन । कार्यक्रम स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीको अध्यक्षता र स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

Last modified on 2019-12-02 07:47:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts