पर्सेनीमा नगर स्वास्थ्य केन्द्र स्थापनापछि स्थानीयलाई सहज

दैनिक ३५ देखि ४० जना सम्म बिरामी लिन्छन् सेवा



Download our app to get more features

दाङ, १६ मंसिर । तुलसीपुर उपमहानगरपालिकाको पर्सेनीमा नगर स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयलाई सजिलो भएको छ । यसअघि दाङ तुलसीपुर ७ पर्सेनी र आसपासका स्थानीयहरु बिरामी पर्दा तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो । तर, नजिकै स्वास्थ्यचौकी स्थापना भएपछि स्थानीयलाइ टाँढा पुग्नुपर्ने बाध्यता हटेको छ ।

एक वर्ष अगाडीसम्म पनि तुलसीपुर ७ पर्सेनी र आसपासका स्थानीयहरुलाइ सामान्य बिरामी पर्दा पनि तुलसीपुर बजार पुग्नुपर्ने बाध्यता थियो । तुलसीपुर उपमहानगरपालिकाले पर्सेनीमा नगर स्वास्थ्य केन्द्र स्थापना गरेपछि सामान्य स्वास्थ्य उपचारको लागि पनि टाढा पुगिरहनुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ ।

पर्सेनीमा नगर स्वास्थ्य केन्द स्थापना भएको एक वर्ष भयो । केन्द्रमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, गर्भवति महिलाको स्वास्थ्य जाँच र विभिन्न खोप लगाएतका सेवाहरु उपलब्ध छ । केन्द्रमा अहिले दैनिक जसो ३५ देखी ४० जना सम्म बिरामीहरुले स्वास्थ्य सेवा लिने गरेको स्वास्थ्य केन्द्रका ईन्चार्ज हरिकुमारी डिसीले बताइन् ।
 
हरेक नागरिकको स्वास्थ्यमा पहुँच पुग्ने गरी तुलसीपुर उपमहानगरपालिले हरेक वडामा स्वास्थ्य संस्थाहरु स्थापना गरेको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले वडामा स्वास्थ्य संस्थाको स्थापनापछि नागरिकलाई सहज हुनुका साथै सामान्य औषधि किन्न टाँढा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । 

नजिकै स्वास्थ्य सस्था स्थापना भएपछि सामान्य बिरामी पर्दा टाढा जानुपर्ने बाध्यता हटेको भन्दै स्थानीय खुसी भएका छन् ।

Last modified on 2019-12-02 17:37:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts