अपडेट

भारतको अहमदावादस्थित कोरोना अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु



Download our app to get more features

एजेन्सी, २२ साउन । भारतको गुजरात राज्यमा रहेको कोरोना अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ । गुजरातको अहमदाबादमा रहेको श्रेय अस्पताललाई कोरोना विषेश अस्पतालको रुपमा छुट्याइएको थियो । सोही अस्पतालको आईसीयूमा बिहीवार आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको र एक जना पारामेडिक्स कर्मचारी घाइते भएका छन् । अस्पतालको आईसीयूमा आगलागी हुँदा १० जना बिरामी थिए भने अस्पतालभरि ४९ जना कोरोना संक्रमित बिरामी उपचाररत थिए । आगलागी नियन्त्रणमा आइसकेको भएपनि घटनाबारे अनुसन्धान गर्न टोली असपताल पुगेको छ ।

यसैबीच, विश्वकै तेस्रो कोरोना संक्रमणका कारण प्रभावित भारतमा लगातार आठौं दिन ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ५६ हजार २ सय ८२ जना नयाँ संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । १९ लाख ६४ हजार नाघेको छ । यस्तै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ ।

जापानको आइची राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । राज्यका प्रमुख हिडेकी ओह्मुराले २४ अगस्तसम्मका लागि राज्य आपतकाल घोषणा गरेका हुन् । जुलाईको मध्यपछि बुधवार एक सय जनामा कोरोना संक्रमण देखिएपछि आपतकालिन अवस्था घोषणा गरिएको हो ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमणका कारण थप १२ सय ६२ जनाको मृत्यु भएको छ । अमेरिकी विश्वविद्याल जन हपकिन्सका अनुसार योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६१ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा ५३ हजार १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ७३ हजार ५ सय नाघेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट फेसबुक र ट्वीटरले डिलेट गरेको छ । कोरोना भाइरस सम्बन्धी गलत सूचना सहितको पोस्ट गरेपछि फेसबुक र ट्वीटरले राष्ट्रपति ट्रम्पको पोस्ट डिलेट गरिदिएको हो । ट्वीटरले यसअघि पनि उनको पोस्ट डिलेट गरेको थियो भने फेसबुकले पहिलो पटक डिलेट गरेको हो । 

Last modified on 2020-08-06 12:04:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts