सुदूरपश्चिमका ३३ सय ९१ संक्रमित निको भएर फर्किए



Download our app to get more features

धनगढी, २२ साउन । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप एक सय कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा कोरोना मुक्त भएर थप एक सय जनालाई डिस्चार्ज गरिएको जानकारी दिए । कैलालीका ८८ र डोटीका १२ जनालाई डिस्चार्ज गरिएको उनले बताए ।  

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार तीन सय ९१ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६ सय ४२, डोटीका पाँच सय ७०, अछामका पाँच सय ५६, कञ्चनपुरका पाँच् सय पाँच, बैतडीका तीन सय र डडेल्धुराका दुई सय ६७ जनालाई डिस्चार्ज गरिएको छ ।

बाजुरा चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सुदूरपश्चिममा ६५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार महाकाली अस्पतालमा २५, टीकापुर अस्पतालमा २३, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा तीन, डोटी जिल्ला अस्पताल र मालाखेती अस्पतालबा दुई÷दुई जना संक्रमितको उपचार भईरहेको छ ।

अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमा रहेका छन् । प्रदेशमा नौ जना संक्रमितको भने मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङ्ख्या चार हजार ८ सय ८१ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts