नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५०, २ सय ३३ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न स्थानमा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा उपचाररत २ सय ३३ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल नेपालमा ६ हजार २ सय ९६ सक्रिय संक्रमित संख्या रहेको छ ।

डा गौतमले ६ हजार ६ सय २२ आजको पिसिआर गरिएको जानकारी दिँदै थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको र नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको डा गौतमले बताए ।

यस्तै हाल नेपालका विभिन्न अस्पतालमा बनाइएका क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ७० रहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts