कञ्चनपुरमा स्क्रब टाइफसका दुई जना बिरामी फेला
 
            धनगढी, १६ मंसिर । कञ्चनपुरमा स्क्रब टाइफसका दुई जना बिरामी फेला परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको हो ।  भीमदत्त नगरपालिका–९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले पुष्टि गरे । सुदूरका अधिकांश जिल्लामा यो वर्ष स्क्रब टाइफसको संक्रमण फेला परिसकेको छ ।     
 
                
                

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                