सुदूरपश्चिम प्रदेशमा ३ हजार एचआइभी संक्रमितले एआरटी सेवा लिँदै



Download our app to get more features

धनगढी, १६ मंसिर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमितले औषधि सेवा र नियमित स्वास्थ्यजाँच गराइरहेका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्क सहायक धर्मानन्द गिरीले सरकारले स्थापना गरेका ‘एआरटी’ सेवा केन्द्रबाट औषधि सेवन तथा स्वास्थ्यप्रति ख्याल राख्ने सङ्क्रमित बढ्दै गइरहेको जानकारी दिए । 

निर्देशनालयका अनुसार सुदूरपश्चिमका नौ जिल्लामा १६ वटा एआरटी सेवा केन्द्रबाट सङ्क्रमितलाई स्वास्थ्यसेवा प्रदान भइरहेको छ। प्रदेशमा सबैभन्दा बढी कैलालीमा एक हजार ३४५ सङ्क्रमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन। त्यसैगरी अछाममा ६४२, डोटीमा ५१५, कञ्चनपुरमा ३०७, बैतडीमा १०६, डडेल्धुरामा ९१, बझाङमा ६७, बाजुरामा ५५ र दार्चुलामा ३२ जना सङ्क्रमित नियमित सम्र्पकमा रहेर निःशुल्क स्वास्थ्य सेवा लिइरहेको निर्देशनालयको तथ्याङ्क छ । 
 

Last modified on 2019-12-02 17:35:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts