आइसियुबाट प्रधानमन्त्रीको भिडियो सन्देशः मेजर अप्रेशन गरेरपनि म उठेको छु 



Download our app to get more features

काठमाडौं, १६ मंसिर । आफ्नो स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश प्रेषित गर्दै आफु स्वास्थ्यलाभ गरिरहेको बताएका छन् । 

त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गराएर स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री ओलीले आफु मेजर अप्रेशन पश्चातपनि उठ्न सक्ने, बोल्न सक्ने भएको भन्दै खुशी व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री अगाडी भन्छन्ः एउटा मेजर अप्रेशनपछि तपाईंहरु देखिरहनुभएको छ मेजर अपरेशनपटि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्नसक्ने अवस्थामा छु र समाचारहरु हेर्नसक्ने अवस्थामा छु । 

प्रधानमन्त्रीले आफुले आइतवार साग खेलको उद्घाटन समारोहको लाइभ पुरै हेरेको पनि बताएका छन् । सागको उद्घाटन गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय सद्भाव र मैत्री सम्बन्धलाई बढाउन खेल महत्वपूर्ण भएको बताए । 

हेरौं भिडियो 

Last modified on 2019-12-03 07:23:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts