रुपन्देहीमा क्रिटिकल केयर सम्बन्धी चारदिने नर्सिङ तालिम सुरु

नर्सिङ प्रविधि र आधुनिक प्रणालीको विषयमा जानकारी दिइने



Download our app to get more features

रुपन्देही, १६ मंसिर ।  नेपाल नर्सिङ संघ रुपन्देही शाखाको आयोजना तथा एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुरको सहयोगमा क्रिटिकल केयर सम्बन्धी चार दिने तालिम सोमबारबाट सुरु भएको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल रानिगाँउ भैरहवामा सुरु भएको तालिममा रुपन्देही, नवलपरासी र पाल्पामा रहेका सरकारी तथा निजि अस्पतालमा कार्यरत १ सय २० जना नर्सिङ स्टाफहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । नर्सिङ कलेजमा अध्यापन गराउने लेक्चरलहरुको समेत तालिममा सहभागिता जनाउने छन् ।  

एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुरबाट प्राध्यापक लिम सुई हियाको नेतृत्वमा पाँच सदस्य विशेषज्ञ टोलि तालिम दिनका लागि रुपन्देही आएका छन् । जसले सिंगापुरमा प्राक्टिसमा आएका नयाँ नर्सिङ प्रवृद्धि र आधुनिक नर्सिङ प्रणालीको विषयमा तालिम दिने बताईएको छ ।

सोमबार तालिमको उद्धघाटन गर्दै प्रध्यापक लिम सुई हिया, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका प्रिन्सिपल प्रध्यापक डाक्टर आनन्द कुमार र अस्पतालकै मेडिकल सुपरिटेन्डेन्ट प्रध्यापक डाक्टर सदनमुखीले तालिममा ध्यान दिएर सहभागिले सिंगापुरको नर्सिङ पद्धतिका विषयमा जानकारी लिन अनुरोध गरेका थिए ।

युनिभर्सल मेडिकल कलेज भैरहवाकी नर्सिङ कार्यक्रम संयोजक तथा नेपाल नर्सिङ संघकी क्षेत्रीय सदस्य सरज गुरुङको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा सहभागिलाई मंसिर १६ गतेदेखि १९ गते सम्म हुने तालिमको विषयमा जानकारी गराईएको आयोजक सदस्य आस्था शर्माले बताईन ।

बिरामीहरुको सघन उपचारको अवस्थामा नर्सहरुले ध्यान दिनुपर्ने विषयमा समेत दिन थालिएको यो तालिम नेपालको काठमान्डौ, पोखरा, चितवनमा भैसकेको छ । रुपन्देहीमा पहिलो पटक सञ्चालन गरिएको नेपाल नर्सिङ संघ रुपन्देहीकी सचिव सुलोचना घिमिरेले बताईन ।
तालिम दिनका लागि सिंगापुर बाट प्रध्यापक लिम सुई हियाको नेतृत्वमा सिटी नाडिया विटी याहा, लिम कुवेन रु, जुली टे र लिम चुन चाई ले तालिम दिने छन् ।

Last modified on 2019-12-04 07:58:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts