ढाड वा गर्दनको दुखाई छ ? यसरी ठिक पार्नुहोस्...



Download our app to get more features

ढाड वा गर्दनमा एक्कासी सहनै नसक्ने पीडा भएर अस्पताल पुग्नेको संख्या धेरै हुन्छ । यस्तो समस्या आउने कारण के हो ? यस्तो समस्याबाट बच्न के कस्तो सावधानी अप्नाउनु पर्छ ? र समस्या आइहाले के गर्ने के नगर्ने भनेर योग तथा न्याचुरोपेथिक फिजिसियन डा. गिता केसीले निम्न सुझाव दिएकी छन् ।
ढाड वा गर्दन एक्कासी दुख्ने समस्या धेरैको हुन्छ । कसैलाई यस्तो दुखाई कम हुन्छ भने कसैलाई सहनै नसक्ने गरी हुन्छ । यस्तो समस्या लिएर दिनहुँ जसो बिरामी अस्पताल आउने गर्छन् । यो समस्या सबै उमेर समूहका मानिसमा देखिए पनि विशेष गरेर मध्य उमेर समूह र वृद्धवृद्धामा बढी देखिन्छ ।
प्रमुख कारण :

  • अप्ठ्यारो पोजिसनमा बस्दा वा सुत्दा ।
  • कुनै गाह्रो वा बढी तौल भएको बस्तु उचाल्दा ।
  • शरीरमा पानीको कमी हुँदा । 
  • विभिन्न प्रकारको भिटामिन, मिनरल्स्को कमी भएमा ।
  • एकै ठाउमा धेरै समय बसेर काम गर्दा ।  

लक्षण :
कोही व्यक्तिलाई यसको कुनै लक्षण नै नदेखिकन समस्या आउन सक्छ भने केहीमा निम्न समस्या देखिन्छ ः–

  • काम गर्दा ढाड वा गर्दन दुख्छ तर त्यस्तो दुखाई केही समयपछि निको हुन्छ ।
  • ढाड वा गर्दनमा मन्द दुखाई हुन्छ । 
  • सुतेर उठ्दा पनि ढाड वा गर्दन दुख्छ । 

बच्ने उपाय :

  • सुताई वा बसाईको सन्तुलन मिलाउने । धेरै कडा वा धेरै नरम ओछ्यानमा नसुत्ने ।
  • शरीरलाई बढी भार पर्ने कुरा एक्कासी नउचाल्ने । 
  • लामो समय एकै ठाउँमा बसेर काम नगर्ने । काम गर्दा एक÷एक घण्टामा एक छिन उठेर यताउता चल्ने वा आराम गर्ने ।
  • लामो यात्रा गर्दा पनि बीचबीचमा आरम गर्ने । 
  • शरीरलाई आवश्यक पर्ने सन्तुलित खाना खाने । 
  • नियमित व्यायम गर्ने । 
  • तौल नियन्त्रणमा राख्ने ।
Last modified on 2019-12-05 07:44:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts