आन्द्रा जेलिएकी चार महिने बालिकाको काठमाडौं न्यूरो अस्पतालमा सफल सल्यक्रिया 



Download our app to get more features

काठमाडौं, २९ पुस । सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालले चार महिनाकी बालिकामा देखिएको जटिल प्रकृतिको समस्याको सल्यक्रिया सफल रुपमा गरेको जनाएको छ । 

महोत्तरी रामगोपाल नगरपालिका–७ बस्ने माहिनुर खातुन २० दिनदेखि गम्भीर बिरामी थिइन । उनको सानो आन्द्रा ठुलो आन्द्रामा गएर अल्झिएपछि स्वास्थ्यमा समस्या आएको थियो । सल्यक्रिया पश्चात ठुलो आन्द्रालाई काटेर फालिएको र सानो आन्द्रालाई दिसा गर्ने नलीमा जोडिएको अस्पतालका नवजात तथा बाल सर्जन डा. दिनेशप्रसाद कोइरालाले बताए । कोइराला नेतृत्वको टिमले उनको शल्यक्रिया गरेको हो । टिमका वरिष्ठ एनेस्थेसिओलोजिष्ट डा. प्रदिप कोइरालाका अनुसार सबै टिमको योगदानले शल्यक्रिया सफल भएको बताए । 

यस्तो शल्यक्रियालाई जटिल प्रकृतिको मानिन्छ । बालिकाका आफन्तले यस्तो समस्याको उपचार नेपालमै सम्भब भएको बारे पर्याप्त जानकारी नपाउँदा निकै सास्ती बेहोर्नु परेको बताएका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका बालिकाको बाबु समिउल्ला अन्सारी आफै पनि अपाङ्ग हुन । उनकी आमा साहनी खातुन गृहिणी हुन् । आर्थिक अवस्था कमजोर भए कै कारण कसैले पनि उपचारबाट बन्चित हुन नपरोस भनेर काठमाडौं न्युरो तथा जनरल अस्पतालले सामाजिक जिम्मेवारी अन्तर्गत बालिकाको उपचार गरेको हो ।

यस अघि पनि अस्पतालले गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क सल्यक्रिया गर्दै आइरहेको अस्पतालका  फाइनान्स डाइरेक्टर लक्ष्मण महर्जनले बताए । सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालले यस्ता जटिल र दुर्लभ प्रकृतिको सल्यक्रिया पहिला पनि सफल रुपमा गर्दै आएको छ । 


 

Last modified on 2020-01-19 11:48:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts