पुरानो मेडिकल कलेज चितवनको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर 



Download our app to get more features

चितवन, ६ माघ । पुरानो मेडिकल कलेज चितवनको प्राविधिक सहयोगमा एक दिने बृहत्त निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । 

किसान दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडाको आयोजना र स्व.  हरि प्रसाद लामिछाने स्मृति प्रतिष्ठान चितवनको संयोजनमा शिविर हेटौंडामा सम्पन्न भएको हो ।

पुरानो मेडिकल कलेजका तर्फबाट वरिष्ठ ओरल म्याग्जिलोफेसियल सर्जन डा. आशुतोष कुमार सिंह, इमर्जेन्सी इन्चार्ज डा. रोहन झा, वरिष्ठ न्युरो सर्जन डा. सोम लामिछाने, जनरल फिजिसियन डा. राजन भन्डारी, छाला यौन तथा कुस्ठ रोग विशेषज्ञ डा. स्वाती साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिनिता शाह, डेन्टल सर्जन डा. बिनि श्रेष्ठ, डा. कस्मिता ढकाल , डा. दिब्याशर्मा, डा. सुर्य कुमार राई, डा. वुद्वि कुमारी मगर, डा. प्रकृति आचार्य सहितको स्वास्थ्य टोलिले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा बिरामीको लागि आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

कुल ४ सय भन्दा बढी सेवाग्राही लाभान्वित भएको सो शिविरका बिरामिहरु पुरानो मेडिकल  कलेजमा उपचारमा आउँदा ओपिडि सेवा निःशुल्क र अन्य जाँच गर्नुपरेमा २०%  छुट दिइने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताए । ‘बिगत २ दशक देखी गुणस्तरिय शिक्षा तथा चिकित्सा सेवा दिइरहेको पुरानो मेडिकल कलेजले स्थापना कालदेखी नै विभिन्न क्षेत्रमा  निस्शुल्क सेवा दिदैं आइरहेको र भावी दिनमा अझै आफ्नो सेवा बिस्तार गर्ने कुरामा अस्पताल सदैव प्रतिबद्ध छ’  न्यौपानेले भने ।

Last modified on 2020-01-20 12:12:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts