गाउँपालिकाको आदेशपछि चनौटे स्वास्थ्य केन्द्र १० महिनादेखि बन्द



Download our app to get more features

सिन्धुपाल्चोक, ६ माघ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ७ स्थित चनौटे स्वास्थ्य केन्द्र १० महिनादेखि बन्द भएको छ ।

विगत ४० वर्षदेखि सञ्चालनमा रहेको स्वास्थ्य केन्द्र गाउँपालिकाको आदेशपछि बन्द भएको हो । 

पालिकाले स्वास्थ्य संस्था सञ्चालन ऐन २०७२ बमोजिम चलाउन निर्देशन दिएको थियो । निर्देशन बमोजिम लगानी धेरै जुटाउनुपर्ने भएकाले झण्डै १० महिनादेखि स्वास्थ्य संस्था बन्द रहेको स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष हस्त पण्डितले बताए ।

स्वास्थ्य संस्था ऐन अनुसार कम्तिमा एक जना डाक्टर, नर्स, अहेब, अनमी लगायतका कर्मचारी राख्नुपर्ने हुन्छ । त्यस्तै ल्याबका सामग्री पनि खरिद गर्नुपर्ने भएकाले रकम धेरै जुटाउनुपर्ने अध्यक्ष पण्डितले बताए । 

हेलम्बु गाउँपालिकाभित्र अन्य २ वटा स्वास्थ्य केन्द्र पनि छन् । तर, ती स्वास्थ्य केन्द्र भने निर्वाध चलिरहेको पाइएको छ । स्वास्थ्य केन्द्र बन्द हुदाँ सिँगो पालिकाकै स्थानीय प्रभावित भएका छन् । 

Last modified on 2020-01-23 13:29:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts