बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि स्वास्थ्य मन्त्रालयले माग्यो बायोडाटा



Download our app to get more features

काठमाडौं, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालले सोमबार सुचना जारी गरी प्रतिष्ठानमा रिक्त रहेको उपकुलपतिको पदमा नियुक्त हुन चाहानेका लागि न्युनतम योग्यता तोकी बायोडाटा समेत माग गरेको छ ।

प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई भ्रष्टचारको अभियोग लागेपछि गत १६ फागुनमा पदमुक्क्त भएका थिए । त्यस यता उपकुलपतिको पद खालि रहेको छ । 

मन्त्राललये उपकुलपतिको नियुक्तिका लागि रोस्टर सूची बनाउनु पर्ने भन्दै न्युनतम शैक्षिक योग्यता तोकेको छ । 

उपकुलपति हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्सा शिक्षा क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान तथा व्यवस्थापनमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । 


 

Last modified on 2020-01-23 13:28:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts