लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा भट्टराई र सदस्यमा श्रेष्ठ नियुक्त



Download our app to get more features

रुपन्देही, ७ माघ । लुम्विनी प्रादेशिक अस्पताल बुटबलकोे अध्यक्ष र सदस्यमा दुई जनालाई नियुक्त गरिएको छ ।

प्रदेश ५ को मन्त्रीपरिषदको सोमबार बसेको बैठकले अध्यक्षमा पाल्पा मदन पोखराका सूर्य बहादुर भट्टराईलाई नियुक्त गरेको हो । 

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भट्टराईलाई अध्यक्ष र बुटबलकी  रिज्जु श्रेष्ठलाई सदस्यमा नियुक्त गरिएको बताए । 

भटराई रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजका अध्यक्ष हुन् भने श्रेष्ठ समाजसेवी हुन् । त्यस्तै रोल्पा अस्पतालको अध्यक्षमा फणिन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई नियुक्त गरिएको छ ।

Last modified on 2020-01-23 13:31:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts