स्वास्थ्य अनुसन्धान परिषद्का करिब ५० कर्मचारी निकालिए, मन्त्रालयको निर्देशनपछि करार म्याद थपिएन



Download our app to get more features

काठमाडौं, ७ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा कर्मचारी भर्नाको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले प्रश्न उठाएसँगै परिषद्का करिब ५० जना कर्मचारी जागिरबाट निकालिएका छन् ।

मन्त्रालयले परिषद्को कर्मचारी भर्ना प्रकृया अपारदर्शी भएको भन्दै ती कर्मचारीको नियुक्तिमाथि प्रश्न उठाएको थियो । मन्त्रालयले राष्ट्रिय दैनिकमार्फत सार्वजनिक सूचना निकालेर कर्मचारीका लागि आवेदन आह्वान नगरेको लगायत विषय उठाउँदै स्थापित प्रकृयाद्वारामात्र नयाँ कर्मचारी भर्ना गर्न निर्देशन दिएको हो ।

त्यसपछि परिषद्ले पुस मसान्तमा करार सकिएका कर्मचारीहरुको सम्झौता नविकरण नगरेको हो । मन्त्रालयले कर्मचारी भर्नाको प्रकृयामाथि प्रश्न उठाएपछि म्याद सकिएका कर्मचारीको करार नथपिएको हो परिषदका कार्यकारी अध्यक्ष डा. अन्जनी कुमार झाले भने, कर्मचारीको करार रद्द गरिएको होइन नविकरणमात्र नगरिएको हो ।

परिषद्ले सञ्चालन गरिरहेको स्टेप सर्वे, सिकलसेल एनिमियाको सर्वे, मानसिक स्वास्थ्यको सर्वे लगायत कार्यक्रमहरुका लागि अनुसन्धान अधिकृत लगायत विभिन्न कर्मचारी भर्ना गरेर काम गरिरहेको थियो ।

Last modified on 2020-01-23 13:33:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts