कोरोना भाइरसविरुद्ध अन्तिम लडाइँ लड्दै मोटर न्यूरोन डिजिजले थलिएका डा. झाङ



Download our app to get more features

चाइना डेली । 'जसै मेरो जीवन छोटिँदै छ म मेरो प्रत्येक मिनेटलाई भरपुर उपयोग गरिरहेको छु ।' कोरोना भाइरसले आतंकित चीनको हुवेई प्रान्तस्थित वुहान जिनिन्तान अस्पतालका अध्यक्ष झाङ डिंगुले भने । 

५७ वर्षीय झाङ आफै भने सन् २०१८ यता मोटर न्यूरोन डिजिज भनिने दुर्लभ एम्योट्रोफिक ल्याटेरल स्केलेरोसिसबाट पीडित छन् । उनी आफुसहित सो अस्पतालका ६ सयजना कर्मचारी र स्वास्थ्यकर्मीको नेतृत्व गरेर कोरोना भाइरस विरुद्धको लडाईं लडिरहेका छन् ।  'मेरा सहकर्मीलाई थाहा छ मेरो तातो रिस, उनले हालैको एक अन्तर्वातामा भनेका छन् म छिटो रिसाउने भएको छु किनकी मसँग जीवनमा अब धेरै समय बाँकी छैन । रोगका कारण मेरा खुट्टाका मांशपेशीहरु कमजोर हुँदै गएका छन् । मेरो शरीरले विस्तारै चेतना गुमाउँदै छ । तर, पनि म दौडिएको छु । मैले एउटा महत्वपूर्ण मिशन पूरा गर्नुपर्नेछ । मैले थुप्रै बिरामीलाई यो गम्भीर संक्रमणबाट बाहिर ल्याउने अझै तीव्र गतिमा दौडनुपर्नेछ ।'

अघिल्लो महिनादेखि झाङ प्राय राति २ बजे ओछ्यानमा पुग्छन् र २ घण्टामै उठेर बिरामीहरुको उपचार र व्यवस्थापनका लागि खट्छन् । कोरोना विरुद्धको दौडमा झाङले आफ्नै श्रीमतिलाई कोराना संक्रमण भैसकेको समेत पत्तो पाएनन् । गत जनवरी १३ को रातमा उनले कोरोना भाइरसको संक्रमितको लक्षणबारे घरमा कुरा गरेका थिए । उनले भने 'मेरो श्रीमतिले पनि आफुलाई त्यस्तै लक्षण देखिएका बताइन् ।' 

उनले आफ्नै श्रीमति संक्रमित हुँदा आफुलाई नराम्रो लागेको बताए । 'सायद म राम्रो चिकित्सक हुँला तर, योग्य श्रीमान हैन', झाङ थप्छन् 'श्रीमति संक्रमित भएपछि २८ वर्षीय आफ्नो दाम्पत्य जीवन गुम्ने डरले मलाई पिरालेको थियो ।'

झाङ डिसेम्वर सुरुदेखि नै अज्ञात कारणका निमोनियाका केही केशहहरुले गर्दा उच्च सतर्कतामा थिए । 'महत्वपूर्ण कुरा भनेको रोग प्रतिरोधी क्षमतामा सुधार गर्ने हो । सरुवा रोग निको पार्न नसकिने होइन तर, त्यसको सहि समयमा पहिचान र उपचार हुनसक्नुपर्यो ।' झाङ भन्छन् । 

झाङ र उनका सहकर्मीलाई शुक्रवारदेखि केही राहत भएको छ किनकी त्यहाँ १ सय ५० जना सैनिक मेडिकल विश्वविद्यालयका चिकित्सक र स्वास्थ्यकर्मी आएका छन् । 'अघिल्लो महिना हामी धेरै व्यस्त थियौं । २ घण्टामा फेरिने नर्सहरुको सिफ्ट ४ देखि ५ घण्टासम्म लम्बिएको थियो । आफैलाई संक्रमण फैलनै डर थियो तर अब सबै सहज बन्दैछ ।' झाङ अगाडी थप्छन्, 'हाम्रो देश वैज्ञानिक विकास र आर्थिक दृष्टिकोणबाट बलियो छ  । हामी सबै नागरिक भाइरस विरुद्ध एकाकार भएका छौं । मलाई विश्वास छ यो लडाईं छिटै जितिन्छ ।'

 झाङ विगत ६ वर्षयता जिनिन्तान अस्पतालमा कार्यरत छन् । उनले यसअघि स्न २००८ मा सिचुवान प्रान्तको उनचुआनमा भुकम्प जाँदा पनि यसैगरी खटिएका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts