यी जडिबुटीले कोरोना रोकथाम र नियन्त्रण गर्न सघाउने आयुर्वेद विभागको सुझाव



Download our app to get more features

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना भाइरस (कोभिड–१९) को उपचार विधि तथा खोप विकास नभैसकेका कारण यस रोगबाट जोगिने उपाए भनेको रोग लाग्नै नदिनु भएको जनाएको छ । यसकारण रोग लाग्नै नदिन शरीरमा रोगसँग लड्न सक्ने क्षमता विकास गर्न विभागले सुझाव दिएको छ ।

रोगप्रतिरोधात्मक क्षमता विकासका लागि निम्न जडिबुटी खान विभागले सुझाव दिएको छ :–
१. गुडूची (गुर्जो) पाँच ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तैं प्रयोग गरौं ।
२. असुराको पात र बेसारलाई एक लिटर पानीमा पाकाएर आधा बाँकी रहेपछि चिया जस्तंै प्रयोग गरौं ।
३. सुठो, मरिच, पिप्ला दुई ग्राम र तुलसीको पात पाँच वटा एक लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि सेवन गरौं ।
४. तेजपात दुई ग्राम र दालचिनी दुई ग्राम आधा लिटर पानीमा पाकाएर चिया जस्तैं गरि प्रयोग गरौं ।
५. नियमित रुपमा योग तथा प्रणायम गर्ने गरौं ।

विश्व स्वास्थ्य संगठनद्वारा निर्देशित उपाय

  • आत्यावश्यक काम बाहेक घर बाहिर नजाऔं ।
  • घरबाहिर निस्कदा मुख, नाक छोप्ने गरि मास्क लगाउने गरौं ।
  • साबुन पानीले मिचिमिच राम्रोसँग पटकपटक हात धुने बानी बसालौं ।
  • अनावश्यक रुपमा मुख, नाक तथा आँखामा हात लग्ने र मिच्ने नगरौं ।
  • अभिवादनका लागि हात मिलाउने र अंकमाल गर्नुको साटो नमस्कार गर्ने गरौं ।
  • थप सल्लाह र परामर्शका लागि नजिकको स्वास्थ्य संस्थामा सल्लाह गरौं ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts