विश्व हाइपरटेन्सन दिवस 

यी आठ उपायबाट नियन्त्रणमा रहन्छ उच्च रक्तचाप 



Download our app to get more features

लकडाउनको बेला हामी धेरै जना होम क्वारेन्टाइनमा छौं । यस्तो बेला उच्च रक्तचापसम्बन्धी समस्या धेरैमा देखिन सक्छ । उच्च रक्तचाप भएका बिरामी तथा हामी सबैले उच्च रक्तचापको समस्याबाट बच्न यी उपायहरु अपनाउन सक्छौं । 

शारीरिक व्यायाम गर्ने : दिनको कम्तिमा आधा घण्टादेखि ४५ मिनेटसम्म पसिना आउने गरी शारीरिक कसरत गर्ने ।

चिल्लो र बोसोयुक्त खानेकुरा धेरै नखाने : घरमै बसेर धेरै परिश्रम गर्न नपर्नेहरुले धेरै चिल्लो र बोसोयुक्त खानेकुरा नखाने ।

सागपात र फाइबरयुक्त खानेकुरा खाने : सागपात र फाइबर बढी हुने खानेकुरा जस्तैं गेडागुडी, गाँजर, सलाद आदि खाने ।

नुन कम खाने : खानामा नुन कम खाने बानी पनि उच्च रक्तचापबाट जोगिने एउटा उपाय हो ।

धुम्रपान र रक्सी सेवन नगर्ने : घर बसेको बेला सकेसम्म धुम्रपान र रक्सी सेवन नगर्ने ।

योग, ध्यान गर्ने  : दिनको केहि समय योग र ध्यानमा छुट्टाएर नियमपूर्वक गर्ने । 

आफुले खाइरहेको औषधि नियमित खाने : उच्च रक्तचाप, मधुमेह तथा कुनै दीर्घ रोगको औषधि आफुले लामो समयदेखि खाइरहेको भएमा त्यसलाई सेवन गरिरहने ।

मानसिक स्वास्थ्यलार्इ ध्यान दिने : समाजिक संजाल र मोबाइल, कम्प्युटर धेरै नहेर्ने, परिवारसंग समय बिताउने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts