कोरोना संक्रमित निरन्तर बढेपछि मुम्बईका अस्पतालमा बेड अभाव हुन थाल्यो 



Download our app to get more features

एजेन्सी, १३ जेठ । भारतको महाराष्ट्र राज्यमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । देशभरमै कोरोना संक्रमित सबै भन्दा धेरै महाराष्ट्रको मुम्बई शहरमा रहेका छन् ।
मुम्बईस्थित बिएमसी अस्पतालको तथ्यांक अनुसार १३ देखि २३ मेको बीचमा गरेको नमुना परीक्षणमा ३२ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेको छ । यस्तै उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी कमी हुन थालेको छ । मुम्बइमा मात्रै अहिलेसम्म ३० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये करिब १४ हजार संक्रमित पछिल्लो १० दिनमा गरिएको परीक्षणमा फेला परेका थिए ।  

बिएमसीबाट उपलब्ध तथ्यांक अनुसार १३ देखि २३ मेमा गरिएको नमुना परीक्षणबाट १३ हजार आठ सय ५३ संक्रमित फेला परेका थिए । जब यो अवधिमा ४३ हजार २५ जनाको नमूना परीक्षण गरिएको थियो । परिणाम अनुसार यो करिब ३२ प्रतिशत हो ।

कुन उमेर समूहका बढी संक्रमित
हुन त कोरोना भाइरसले कुनै निश्चित उमेर समूहका व्यक्तिलाई मात्रै संक्रमित बनाउँछ भन्ने छैन । यद्यपि, खास उमेर समूहका मानिस अलि बढी प्रभावित बन्दै आएको उदाहरणहरु छन् । राज्य सरकारको स्वास्थ्य विभागद्वारा उपलब्ध तथ्यांक अनुसार ३१–४० वर्षका मानिसहरु महाराष्ट्रमा बढी संक्रमित छन् । आइतबारसम्मको तथ्यांक अनुसार महाराष्ट्रमा ४७ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये नौ हजार नौ सय ९१ जना ३० देखि ५० वर्षका छन् । यस्तै नौ हजार ७ सय ९७ जना २१ देखि ३० वर्षका छन् । यस्तै ९० वर्ष भन्दा बढी उमेर समूहका बिरामी निकै कम छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts